सर्लाही सदरमुकामा मलगंवामा आज साँझ देखी कर्फ्यु
सर्लाही । सर्लाही सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । उनका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।
सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए । यद्धपी, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

प्रहरीसहित राजस्व टाेलीले छापा मारे पछि सिरहाका व्यावसायी आतङ्कित

सुन तस्करीको आरोपमा बारावाट थप एक पक्राउ

सिराहामा भारतीय नागरिकको शव फेला

१५७ किलो लागूऔषध गाँजासहित सात जना पक्राउ
सर्लाहीकाे बिधालयमा भेटियो पहिचान नखुलेको युवाको शव

मधेशका नवनियुक्त मन्त्रीले लिए शपथ
जमेको पानीमा डुबेर १३ वर्षीया किशोरीको मृत्यु

प्रतिक्रिया