मेयर साम्पाङकाे अराजकता : प्रश्न सोधेकै भरमा अशोक लिम्बुलाई प्रहरी लगाएर थुने

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शुक्रवार प्रश्न सोधेकै भरमा एक युवकलाई प्रहरी बोलाएर पक्राउ गराएका छन् । हरेक शुक्रवार चलाउँदै आएको लागुऔषध विरुद्धको अभियान कार्यक्रम अन्तरगत मेयर साम्पाङलाइ धरान १५ का ३० वर्षीय अशोक लिम्बुले ठाडो प्रश्न राखेका थिए ।
प्रश्न चित्त बुज्दाे नभएको र आफू माथि अभद्र व्यवहार भएको भन्दै मेयर साम्पाङले लिम्बुलाई तत्काल प्रहरी बोलाएर पक्राउ गर्न लगाएका हुन । लिम्बुले धरानमा डेंगुकाे महामारी सँगै जनता अस्पतालमा छटपटाइ रहेकाे बेला तपाइ भाइरल हुन बाटो बाटोमा भिडियो खिच्दै किन हिँड्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।
लिम्बुको प्रश्नमा मेयर साम्पाङले सोधाई भएन भनेपछि माहाेल केही गर्माएको थियो र त्यतिकैमा प्रहरी बोलाएर लिम्बुलाई पक्राउ गरिएको थियो । प्रहरी नियन्त्रणमा रहेका लिम्बुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यता प्रश्न राखेकै भरमा मान्छे पक्राउ गर्नु मेयर साम्पाङ अराजकता भएको सामाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेको छ । मेयर साम्पाङले भने पटाहालाई प्रहरीकहाँ जिममा लगाइयो भनेर फेसबुकमा स्ट्याटस राख्न भ्याएका छन् ।

इटहरी क्षेत्रका विद्यालयमा पकाएरै खुवाउनुपर्ने , मासु सहितको मिन्यु सार्वजनिक

इटहरीमा अब निशुल्क शव वहान र एम्बुलेन्स सेवा
रुपेश्वर शिव पाञ्चायन मन्दिरका दातालाई सम्मान

पूर्वेली क्लबको प्रथम वार्षिकोत्सव , आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण

भोलि देखि इटहरीको मुख्य राजमार्गमा सिटी सफारी चल्न नदिने

बगरकोटमा सेकुवा कर्नर र होटेल अनुगमन ,सरसफाइमा उत्कृष्ट एमएच , अन्यमा भेटिए …
अशक्तहरूकाे घर घर पुगेर भत्ता कार्ड नवीकरण गर्दै इटहरी ६ नं वडा कार्यालय

प्रतिक्रिया