लेखा अधिकृतसँग अमर्यादित ब्याबहार गर्ने प्रशाशकीय अधिकृतको अबार्ड खोसियो

काठमाडौं । आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरे पछि माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अबार्ड खोसिएको छ । 

हालै आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको हो । 

अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा दिएको उक्त अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फिर्ता गरेको हो। त्यसअघि उनीसँग सो संस्थाले स्पष्टीकरण लिएको थियो । उनले आफनो अवार्डका बारेमा निर्णय गर्ने अधिकार संस्थासँग रहेको भन्ने जवाफ दिए पछि सो संस्थाले उनको अबार्ड खोसेको हो । 

हाल इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई उक्त अवार्ड पाउँदा भने इलामकै चुलाचुली गाउँपालिकामा कार्यरत रहेका थिए । हालै एक लेखा अधिकृत महिलासँग अमर्यादित तथा अशिष्ट ब्याबहार गरेको सिसिटिभी सार्बजनिक भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित