सुन तस्करीको आरोपमा बारावाट थप एक पक्राउ

बारा । सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ६० केजी सुुन तस्करी प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फ पक्राउ परेका हुन । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बारास्थित उनको निवासबाट पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतका अनुसार ६० केजी सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा उनी पनि संलग्न रहेको देखिए पछि थप अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरिएको हो । बाराका अध्यक्ष पक्राउ परेसँगै सो ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या अहिलेसम्म २८ पुगेको छ।

प्रहरीसहित राजस्व टाेलीले छापा मारे पछि सिरहाका व्यावसायी आतङ्कित
सर्लाही सदरमुकामा मलगंवामा आज साँझ देखी कर्फ्यु

सिराहामा भारतीय नागरिकको शव फेला

१५७ किलो लागूऔषध गाँजासहित सात जना पक्राउ
सर्लाहीकाे बिधालयमा भेटियो पहिचान नखुलेको युवाको शव

मधेशका नवनियुक्त मन्त्रीले लिए शपथ
जमेको पानीमा डुबेर १३ वर्षीया किशोरीको मृत्यु

प्रतिक्रिया