युवा संघ कोसी अधिवेशन : धरानमा ओली, भट्टराई र थेबेलाईपाइला नराख्न चेतावनी

इटहरी । धरान उपमहानगरपालिकामा आगामी भदौ २३ र २४ गते हुने नेकपा एमालेनिकट भ्रातृ सङ्गठन युवा सङ्घको कोसी प्रदेश अधिवेशनमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा अाेली , पूर्व मन्त्री याेगेश भट्टराई र युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेलाई कार्यक्रममा नबोलाउन पहिचानवादहरूले उर्दी जारी गरेका छन् । युवा संघले तोकिएको समयमा हुने अधिवेशनको सम्पूर्ण तयारी भइसकेको अवस्थामा पहिचानवादहरूले यस्तो उर्दी सहितको चेतावनी दिएका हुन ।

प्रदेश १ लाई कोसी नामकरण गर्ने ८२ जना प्रदेशसभा सांसदलाई समेत कार्यक्रममा नबोलाउन पहिचानवादहरूले चेतावनी दिएका छन् । कार्यक्रममा उनीहरूको उपस्थिति भए कालो झण्डा देखाउने देखि विरोध सभा सम्मका कार्यक्रमहरू गरिने पहिचानवादहरूले चेतावनी दिएका छन् । तोकिएका व्यक्ती र ८२ जना प्रदेशसभा सांसद मध्ये कोही एक जना कार्यक्रम स्थलमा देखिए या धरान क्षेत्रमा पाइला राखे विरोधका कार्यक्रमहरू गरिने पहिचानवादहरूले चेतावनी दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेश एक पुनःनामाङकन संयुक्त सङ्घर्ष समितिले यस्तो चेतावनी दिएका हुन । साथै संघले गर्ने भनिएको अधिवेशनको प्रचार सामग्रीमा कोसी प्रदेश नलेख्न अनुरोध गरेका छन् । कोसी लेखिएको बोर्ड, ब्यानर, छाप मेट्ने, हटाउने, च्यात्ने कार्य निरन्तर रहेको भन्दै प्रचार सामाग्रीमा कोसी नलेख्न पहिचानवादहरूले चेतावनी दिएका छन् । यता पहिचानवादहरूले विज्ञप्ति निकालेर चेतावनी दिएपछि धरानमा हुने भनिएको युवा संघ कोसी प्रदेश अधिवेशन कार्यक्रममा अशान्त मच्चिने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित