क्युएफएक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स इटहरी सेन्ट्रलप्लाजामा

इटहरी/  नेपालको सिनेमा चेन क्युएफएक्स सिनेमाजले इटहरीकाे सेन्ट्रल प्लाजामा हल सञ्चालनमा ल्याएकाे छ । विगत केहिवर्षदेखि इटहरी मुख्य चौकमा रहेको सेन्ट्रल प्लाजाको ५ औ तल्लामा संचालन भैरहेको ‘आरएस सिनेफ्लेक्स’ अब क्युएफएक्ससंग जोडिएसंगै ‘क्युएफएक्स सिनेफ्लेक्स’ भएको छ । क्युएफएक्सले आफ्नो फ्रेन्चाईज बिस्तार गर्ने क्रममा आफ्नो ब्यवस्थापनमा रहने गरि इटहरीमा १२ औं सिनेमा हल सुरु गरेको हो ।

यो संगै कोशी प्रदेशमा क्युएफएक्सको बिर्तामोड, बिराटनगर र इटहरी गरि ३ ओटा संजाल फैलिएको छ । टिम क्वेस्टले सम्पुर्ण ब्यवस्थापन हेर्ने गरि भदौ २१ गतेबाट साहरुख खानको फिल्म जवान प्रदर्शन गर्दै ‘क्युएफएक्स सिनेफ्लेक्स’को इटहरीमा औपचारिक थालनी सुरु गरेको हो । २ ओटा पर्दा सहित आरामदायी सिट, अत्याधुनिक साउन्ड सिस्टम, थ्रीडी र टुडि स्कृन तथा पछिल्लो प्रोजेक्सन टेक्नोलोजी जडान गरिएको सिनेमा हलमा लगानी भने श्रेष्ठ इन्टरटेन्मेन्ट एन्ड हस्पिटालिटी प्रालीकै रहने छ ।

आरएस सिनेफ्लेक्सका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठका अनुसार क्युफएक्स सिनेमाज र आरएस सिनेफ्लेक्स बिचको सहकार्यले इटहरीबासीले मात्रै हैन यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले समेत स्तरिय सेवा र सुविधा सहितको सिनेमा हेर्न पाउने छन् । देशभरीको क्युएफएक्सको मातहतमा २८ ओटा स्कृन संख्या पुगेको छ भने इटहरी चेनमा पनि क्युएफएक्समा पाईने सम्पुर्ण सुबिधाहरु उपलब्ध हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित