पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित

काठमाडौं । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । पाकिस्तानको लाहोरमा बुधबार रातीसम्म भएको खेलमा घरेलु टोलीले छिमेकी बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।
बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्यलाई पाकिस्तानले ३९ ओभर ३ बलमा पूरा गरेको थियो, जसका लागि उसले ३ बिकेटको क्षती ब्योर्होनु परेको थियो । पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए । उता, बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १–१ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाएर अलआउट हुन पुगेको थियो भने । बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाउन सफल भएका थिए ।
सो क्रममा पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान १–१ विकेट लिदै बंगलादेश माथी हावी हुन पुगेका थिए ।

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन

बागमतीलाई हराउदै आर्मी केपी ओली कपको फाइनलमा

एनएसएल: झापामाथि इलाम १-० ले विजयी

आइपिएल: मुम्बई इण्डियन्समा फर्किदै हार्दिक पाण्डेय !

केपी ओली कपः बागमती सेमिफाइनलमा

ब्राजिलमाथि अर्जेन्टिनाको जित, ओटामेन्डीले गरे गोल

श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यू-१९ क्रिकेट विश्वकप

प्रतिक्रिया