सिराहामा भारतीय नागरिकको शव फेला

काठमाडौं । सिराहाको दक्षिणी सीमावर्ती बजार माडरको बसपार्कमा एक भारतीय नागरिकको शव फेला परेको छ। सिराहा नगरपालिका–१७ मा रहेको माडर बसपार्कमा भारत बिहार राज्यको बेगुसराय जिल्ला तेगरा–११ घर भएका करिब ३५ वर्षीय मो. अकबरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो।
बुधबार दिउँसो बसपार्कमा फेला परेको शवसँगै भेटिएको भारतीय आधारकार्डको आधारमा उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। घटनास्थलको मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल सिराहामा राखिएको उनले बताए।

वन कर्मचारीकै योजनामा हिरासत छल्न विरामीको बहाना

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्री घाइते

सिरहा प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना, ९४४ जना प्रहरी परिचान, ७ स्थानमा …

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्दार

निजगढमा ट्रायलमा निस्केको मोटरसाइकल दुर्घटना, एकको मृत्यु

प्रहरीसहित राजस्व टाेलीले छापा मारे पछि सिरहाका व्यावसायी आतङ्कित
सर्लाही सदरमुकामा मलगंवामा आज साँझ देखी कर्फ्यु

प्रतिक्रिया