एसिया कप खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं / एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ ।
बुधबार दिउँसो श्रीलंकन एयलाइन्सबाट नेपाली टोली स्वदेश आइपुगेको हो । भारत र पाकिस्तानसँग खेलेर स्वदेश फर्किएका नेपाली खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले दुईवटा खेलेको थियो । दुईवटै खेलमा पराजित भए पनि नेपाली टिमको प्रशंसा भएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको गरेको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।
नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।

मंगोलिया बिरूद्द नेपालको सहज जीत, चारवटा विश्व किर्तिमान कायम

माल्दिभ्समाथि नेपालको सानदार जित

एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

प्रतिक्रिया