विराटनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । कलेज बसको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्करबाट रंगेली नगरपालिका–१ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडिको भित्री सडक खण्डमा विद्यार्थी पुर्‍याएर फर्कने क्रममा कलेज बसले ठक्कर दिएको थियो।

ग १ ख ७६९९ नम्बरको बसले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए। ठक्कर दिने बस र चालक विराटनगर ३ का ५६ वर्षीय दलबहादुर कार्कीलाई पक्राउ गरेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित