इटहरी नमुना कलेजका विद्यार्थी र पूर्वाञ्चल क्षेत्रीय सशस्त्र प्रहरी मुख्यालयबीच अन्तक्रिर्या कार्यक्रम सम्पन्न

इटहरी / इटहरी नमुना कलेजको समाजकार्य विभागका वद्यार्थी र पूर्वाञ्चल क्षेत्रीय सशस्त्र प्रहरी मुख्यालयबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा सशक्तिकरण समूहको समन्वय र सहकार्यमा विद्यार्थी र शसस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया विशेष गरी शसस्त्र प्रहरीले के कस्ता कार्य गर्छन् । चुनौतीहरु कस्ता आउँछन् , चुनौतीको सामना कसरी गरिन्छ लगायत हालको समयमा भएका अनैतिक क्रियाकलाप बारे रहेको थियो।
शसस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले विद्यार्थीका जिज्ञासालाई प्रष्ट परेका थिए। पोखरेलले सिमित श्रोत साधनका बावजुत विभिन्न जोखिमका कार्यहरू गर्नु पर्ने बताए । उनले शसस्त्र प्रहरीले विशेष गरी सिमाना सुरक्षा, विपद व्यवस्थापन साथै लागू औषध नियन्त्रण तथा तस्करी नियन्त्रणमा विशेष भूमिका रहने जानकारी दिएका छन्।
उनले इच्छुक विद्यार्थीलाई सो सिमाना सुरक्षा, विपद व्यवस्थापन तथा नियन्त्रण लगायतका क्षेत्रमा सहभागी गराई तालिम पनि उपलब्ध गराउने जानकारी दिएका छन्। सो अन्तरक्रिया पश्चात विद्यार्थीहरु विपद व्यवस्थापनमा आवश्यक पर्ने सामग्रीको अवलोकन गरेका थिए। उक्त अन्तरक्रिया कार्यक्रममा २० जना बढी विद्यार्थी सहभागी भएका थिए।

सरकार र आन्दोलनरत शिक्षकबीच के भयो सहमति? सहमति पत्र सहित

शिक्षक महासंघका प्रतिनिधि र मन्त्रीबीच वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्ष विहीन

एन प्याव्सन सुनसरीको अधिवेशन सम्पन्न : अध्यक्षमा यावा राई, बरिष्ठ उपाध्यक्षमा गणे…

आजबाट देशैभरीका सामुदायिक बिद्यालय बन्द, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा

बाल दिवसको अवसरमा इटहरी स्थित बेविलाेन स्कुलले गर्याे विभिन्न कार्यक्रम

प्रतिक्रिया