कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको सुनुवाइ पूर्ण इजलासमा, को–को परे न्यायाधीश ?

काठमाडौं / कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।  सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि सोमबारबाट निरन्तर सुनुवाइ हुन लागेको हो । 


मुख्यमन्त्री उद्धव थापाले प्रदेशससभाबाट विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । तर, उक्त कार्य असंवैधानिक भन्दै एमालेका हिक्मत कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् । 


उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ गर्न आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले आदेश भएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित