पूर्वेली क्लबको प्रथम वार्षिकोत्सव , आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण

इटहरी । सुनसरीको इटहरीस्थित पूर्वेली क्लबले शनिवार प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष झलक बनको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक सदस्य तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष भक्त लामाले स्थापनाको छोटो समयमै क्लबले बेग्लै पहिचान बनाइ सकेको भन्दै आगामी दिनमा अझ प्रगतिको शुभकामना दिएका थिए । त्यस्तै विशिष्ट अतिथि हाेटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी,जनता बहुमुखी क्याम्पस प्राध्यापक केबल फुयल, वडा नं ४ का वडा सदस्य बिसेस्वर पोखरेल, लगायतले क्लबलाई आवश्यक परेको बेला जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष झलक बनले युवा पुस्ताहरूलाई खेलकुद सँग जाेडर दक्ष खेलाडी बनाइ राष्ट्रमा चिनाउने उद्देश्य सहित क्लबको स्थापना गरेको बताए । उनले नेपालको संविधान अनुसार कानुन विधिको पालना गरेर क्लब सञ्चालन गरेको बताए । २०७९ मा स्थापना भएको क्लब खेलकुद सँगै विभिन्न सामाजिक कामहरूमा पनि त्यतिकै सकृिय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित