भोलि देखि इटहरीको मुख्य राजमार्गमा सिटी सफारी चल्न नदिने

इटहरी / इटहरी इटहरी उपमहानगरपालिकाले भोलि आइतबारदेखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ । इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घट्ना निम्त्याएको भन्दै मुख्य हाइवेमा भोलि देखि नै प्रतिवन्ध लगाउने निर्णय भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताउनु भयो अबदेखि सिटी सफारीहरु मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावि यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन मेयर पौडेलले भन्नुभयो ।
बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमति गरेर निर्णय भएको हो ।
शुक्रवार इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशीका डिएसपी मोहन बिक्रम दाहालले बताउनु भयो । उपमहानगरपालिकाले इटहरीबासीको मात्र सफारी दर्ता प्रक्रिया गर्ने भएको छ । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइने भएको छ ।
अब इटहरीमा अन्य पालिकाको सफारीहरु यात्रु पर्खेर बस्न पाउने छैनन् । इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । साथै, व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्नेभएको छ । जस्लेगर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ । इटहरी उपमहानगर भित्र दर्ता भएको सफारी मात्र उपमहानगरपालिकामा भित्र चलाउन दिने निर्णय भएको छ । इटहरी भित्र करिव ५ हजार सफारी सन्चालनमा रहेको भए पनि इटहरीमा भने ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।

१९ वर्षमै याैनधन्दा , इटहरीमा एक किशोरी सहित दुई जना पक्राउ : उमेर हरेर ५ ह…

गरिमा बिकास बैकले दियो इटहरी ट्राफिकलाई डिजिटल बोर्ड

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

धरानमा १ करोड ८ लाखमा बन्यो झोलुङ्गे पुल मेयर साम्पाङ र मन्त्री राईले गरे उद्घ…

प्रहरी दिवस : धरानमा स्ट्रिङ अप्रेसन भारतीय नोट र लागु औषध सहित दुई जना पक्र…

सिटिजन लाईफ ईन्सुरेन्स तरहरा शाखाद्वारा डेङ्गबाट मृतककाे दावि भुक्तानी प्रदान

इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु

प्रतिक्रिया