इटहरीका एसपी र डिएसपी दुवै फेरिए , इलाकामा कार्की , ट्राफिकमा पाैेडेल

इटहरी । नेपाल प्रहरी प्रधान कार्यालयले इटहरीका डिएसपी माधव कुमार काफ्ले सहित एकै पटक १२० जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूको सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी काफ्लेलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारा पथ्लैया पठाएको छ भने उनको ठाउँमा अर्का डिएसपी टेकबहादुर कार्कीलाई खटाउने भएको छ । डिएसपी काफ्ले इटहरीमा रहिरहँदा उनले मितव्ययिता , सद्भाव , सहकार्य र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाएका थिए । अपराध अनुसन्धानमा अब्बल भूमिका निभाइ सकेका डिएसपी काफ्लेलाई इटहरीवासीले निकै रुचाएका प्रहरी अधिकृत भित्र पर्छन । सहरलाई लागु औषध मुक्त बनाउन , फरार अभियुक्तहरूलाई खोजी गरी पक्राउ , शान्ति सुरक्षा कायम गराउन सफल देखिएका छन् ।

उनले इटहरीमा नेतृत्व सम्हाली रहँदा ठुला अपराधका कुनै पनि घटना हुन पाएका थिएनन् । सामान्य घटनाहरूलाई प्रहरी कार्यालयमै मिलाइदिने , र गम्भीर प्रकृतिको घटना मात्र मुद्दा दर्ता गराउने उनको व्यवहार इटहरीकालागि लोकप्रिय बनेको थियो । उनलाई प्रहरी प्रधान कार्यालय काठमाडाैले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारा पथ्लैया खटाएको छ । त्यस्तै कोसी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी प्रमुख श्याम कुमार महतोलाई मधेस प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्धक महाशाखा जनकपुर खटाएको छ भने महतोको ठाउँमा एसपी सरोज पौडेल इटहरी आउने भएका छन् ।

एसपी महतो इटहरीमा रहँदा उनले कोसी प्रदेशमा ट्राफिक जनचेतनाका कार्यक्रमहरू देखी , राजमार्ग सुधारका कार्यक्रमहरू गरेका थिए । इटहरीमा ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी हदै मात्रामा परिवर्तन ल्याउन सफल भएका छन् । त्यस्तै नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीका प्रहरी प्रमुख एसपी विनोद कुमार शर्मालाई गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तरगत मानवश्राेत व्यवस्थापन महाशाखा पोखरा पठाएको छ भने उनको स्थानमा एसपी नारायण प्रसाद चिमरीयालाइ खटाउने भएको छ । शर्मा लामो समय देखि दङ्गा नियन्त्रणमा अब्बल देखिएका कुशल नेतृत्वकर्ता रहेका छन् । यो सँगै एसपी शर्मा अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्नमा पनि त्यतिकै अब्बल मानिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित