किन विद्यार्थीको रोजाईमा पर्दैछन् अस्ट्रेलिया र क्यानडा ? शिशिर सिंखडा

आजभोली उच्च शिक्षाका लागि विदेश जानु सामान्य भइसक्यो । १२ पास गरिसकेपछि धेरै विद्यार्थीहरू ब्याचलर गर्न विदेश गइरहेका छन् । उज्वल भविष्यको खोजीमा प्रत्येक वर्ष हजारौं विद्यार्थी अस्ट्रेलिया, यूके, क्यानडा, अमेरिका, युरोप, जापान, न्युजिल्याण्ड जस्ता उत्कृष्ट कलेज र विश्वविद्यालय भएका देशहरूमा गइरहेका छन् । संभवतः उच्च शिक्षासँगै सुरक्षित भविष्य निर्धारणका लागि यी देशहरू उपयुक्त पनि हुन् । छिमेकी मुलुक भारत, चीनमा पनि नेपाली विद्यार्थीहरू अध्ययन गर्न गएका छन् तर, सीमित मात्रामा । अध्ययनका लागि अस्ट्रेलिया, क्यानडा पछिल्लो समय विद्यार्थीको सर्वाधिक रोजाइसँगै सही गन्तव्य बनेको छ ।
यो लेख उच्च शिक्षाका लागि अस्ट्रेलिया, क्यानडा कसरी उत्कृष्ट गन्तव्य हो ? किन विदेश जाने ? भन्नेमा केन्द्रित छ ।

किन जाने विदेश ?

१२ पास गरिसकेपछि १९, २० वर्षको लक्का जवान अन्तराष्ट्रिय डिग्री र अनुभव हासिल गरेर सुनौलो भविष्य निर्माण गर्छु भन्ने थोरै भएपनि सोच्न सक्छ । आजको ग्लोबलाइजेसनको युगमा विदेश गएर पढ्नु अस्वभाविक हैन अपरिहार्य हो । हरेक वर्ष विश्वभरबाट लाखौं विद्यार्थीहरू फरकफरक देशमा अध्ययन गर्न गइरहँदा नेपाली विद्यार्थीहरू चैं जानु हुँदैन भन्नु गलत हो ।

विदेश जान्छु भनेर सोच्दै गर्दा कुन उद्देश्यका लागि जाँदैछु भन्ने चैं प्रष्ट हुनैपर्छ । पढ्न र करियर बनाउनकै लागि विदेश जाने सोच हो भने ठिक छ । हैन ! रमाउन, मोजमस्ती गर्न अथवा पैसा कमाउन भन्ने हो भने गलत हो । पढ्छु, अन्तराष्ट्रिय डिग्री र अनुभव हासिल गर्छु भन्ने युवाहरूले ‘म विदेशमा उद्देश्य पुरा नहुन्जेल जस्तोसुकै कठिनाइमा पनि संघर्ष गर्छु’ भन्ने दृढ संकल्प गरेर मात्र अगाडि बढ्नु पर्छ । लहलहै र देखासिखीमा विदेश जाने सोच बनाएको हो भने त्यसले आफ्नो त भविष्य दाउमा पर्छ नै आफन्त र परिवारले पनि सास्ती खेप्नुपर्छ । त्यसकारण सबैभन्दा पहिले विदेश किन जाने ? त्यो विषयमा प्रष्ट हुनुहोस् ।

कस्ता विषय पढ्ने ?

कक्षा १२ पास गर्ने बित्तिकै उच्च शिक्षा अध्ययन गर्नका लागि ढोका खुल्छ, त्यसपछि मात्र हो भविष्य कता लैजाने भन्ने । सामान्यतयाः साइन्स, म्यानेजमेन्ट, आईटी, मेडिकल, पाइलट वा एभिएसन, फेसन डिजाइनिङ चलेका विषय हुन् । कक्षा ११ र १२ मा के विषय पढेको हो त्यसैको बेसलाई समाएर विषय छनौट गर्नुपर्छ । साइन्स पढेको विद्यार्थीले म्यानेजमेन्ट लिन सक्छ तर, म्यानेजमेन्ट पढेकोले साइन्स पढ्न पाउँदैन । तसर्थ, विदेश जाने सोच बनाउँदै गर्दा कुन विषय पढ्ने कुरा पनि महत्वपूर्ण हो ।

अस्ट्रेलिया, क्यानडा जाने विद्यार्थीहरूको ट्रेन्ड हेर्ने हो भने धेरैले सीपयुक्त शिक्षा लिएका छन् । आईटी, इन्जिनियरिङ, एभिएसन, मेडिकल साइन्स, नर्सिङ, एरोस्पेस लगायतका विषयहरू चलेका छन् । यी विषयमा पनि धेरै भेराइटी छ । यस्तै, म्यानेजमेन्ट, एकाउन्ट, फेसन डिजाइनिङ, होटल मेनेजमेन्ट पनि चलेका विषय हुन् । यसका अलावा भोकेसनल कोर्सहरू पनि छन् । मुख्यतः विषय छनौट कक्षा १२ मा कुन विषय पढिएको छ त्यसले निर्धारण गर्छ ।

कस्ता कलेज छनौट गर्ने ?

विदेश जानुपूर्व नै विद्यार्थीले ध्यान दिनुपर्ने कुरा हो यो । अस्ट्रेलिया, क्यानडा, यूके, युएसए, युरोप जस्ता देशमा विश्वकै प्रतिष्ठित कलेज र विश्वविद्यालयहरू छन् । यी कलेज र विश्वविद्यालयमा संसारभरबाट विद्यार्थीहरू आउने भएकाले नेपाली विद्यार्थीले पनि आफू कुन तहको कलेज वा विश्वविद्यालयमा पढ्ने हो सुरुमै ध्यान दिन अपरिहार्य छ । सामान्यतया, नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, क्यानडा, यूके, युरोपका अन्तराष्ट्रिय मान्यता प्राप्त कलेज र विश्वविद्यालयमा भर्ना भएका छन् । कलेज छनौट गर्ने कुरा विद्यार्थी र अभिभावकको आर्थिक अवस्थाले पनि निर्धारण गर्दछ ।

अर्को महत्वपूर्ण कुरा, विकसित देश भन्दैमा सबै राम्रो हुन्छ भन्ने हुन्न । कलेज छनौट गर्दा कलेजको बारेमा पर्याप्त जानकारी लिनुपर्छ । कलेज कहिले स्थापना भएको हो ? कलेजको पाठ्यक्रम र पूर्वाधार कस्तो छ ? त्यहाँको शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त छ कि छैन ? कुन शैक्षिक निकायबाट सम्बन्धन लिएको हो ? कुन कुन विषय पढाई हुन्छ ? नेपाली विद्यार्थीहरू गएका छन् कि छैनन् ? छात्रवृत्ति छ कि छैन ? शुल्क कस्तो छ ? भन्ने कुरा कलेजको वेभ साइट, सामाजिक सञ्जाल वा शैक्षिक परामर्शदाताबाट बुझ्न आवश्यक छ । साथै, त्यो कलेज वा विश्वविद्यालयको नेपालमा आधिकारिक प्रतिनिधि छन् कि छैनन् ? त्यसको सर्टिफिकेट विश्वव्यापी मान्यता प्राप्त छ कि छैन ? त्यो पनि बुझ्नु पर्छ । नेपालको त्रिभुवन विश्वविद्यालयले समेत मान्यता नदिएका धेरै कलेजहरू छन् । अन्तराष्ट्रिय डिग्री हासिल गरेर आइयो तर, आफ्नै देशको विश्वविद्यालयले समकक्षता प्रमाणपत्र दिएन भने डिग्री त खेर जान्छ नै लगानी र समयको समेत बर्बादी हुन्छ ।

अस्ट्रेलिया र क्यानडा नै किन ?

सामान्यतया, नेपाली विद्यार्थीले विदेश पढ्न जाने सोच बनाउँदै गर्दा आफु जान चाहेको देशको शिक्षा प्रणाली, रहनसहन, अवसर र वातावरणको मुल्यांकन गर्नुपर्दछ ।

विदेश अध्ययनका लागि अस्ट्रेलिया नै किन ?

अस्ट्रेलियन सरकारले अन्तराष्ट्रिय विद्यार्थीलाई आफ्नो अर्थतन्त्रको प्रमुख मेरुदण्ड मानेर विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्नका लागि लगानीसँगै नीति नियमहरू निर्माण गर्ने गर्दछ । अस्ट्रेलियन सरकारले शिक्षामा अभूतपूर्व लगानी गर्दै पाठ्यक्रमलाई विश्वव्यापिकरण गरेको छ । नेपालसँगै विश्वभरबाट अस्ट्रेलियाका कलेजमा पढ्न विद्यार्थीहरू आउने गर्दछन् । सामाजिक, आर्थिक, भाषिक, रहनसहन र वातावरणीय हिसाबले पनि नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया उपयुक्त देश हो । तथ्यांक हेर्दा नेपालबाट जति विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश गइरहेका छन् त्यसको करिब ४५ प्रतिशत विद्यार्थी अस्ट्रेलिया गएका छन् । अस्ट्रेलियाको शिक्षण पद्धति थ्यौरीसँगै प्राक्टिकल बेसमा आधारित छ ।

पछिल्लो दशक अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूको संख्या बाक्लो बन्दै गएको छ । धेरै नेपालीहरू आफ्नै कम्पनी र बिजनेश खडा गरी नेपाल र नेपालीको शिर उच्च बनाउने गरी सफल भएका छन् । जस्तै, उदाहरणका लागि झापा स्थायी घर भएकी मनस्वोई पौडेल जो विश्वकै उत्कृष्ट विश्वविद्यालयका रुपमा परिचित म्याकव्री युनिभर्सिटीको बोर्ड सदस्यमा निर्वाचित भएकी छिन् । प्रतिष्ठित व्यवसायी शेष घले पनि अस्ट्रेलियाबाटै उदाएका हुन् । यसका अलावा अस्ट्रेलियाका सरकारी तथा संघ संस्थामा रहेर सफल भएका प्रसस्त उदाहरणहरू भेटिन्छन् जो सुरुमा पढ्नकै लागि त्यहाँ पुगेका थिए ।

सहज भाषा, रोजगारीको अवसर

अस्ट्रेलियन सरकारले विदेशी विद्यार्थीको हकमा साताको २० घन्टा काम गर्ने अवसर दिएकाले अस्ट्रेलिया गएको केही समयपछि काम गर्दै पढ्ने अवसर पाइन्छ ।

अर्को कुरा भाषिक रुपमा अस्ट्रेलियामा अंग्रेजी भाषा सर्वप्रिय भएकाले काम गर्न र अध्ययन गर्न सहज हुन्छ । रोजगारीका लागि पनि सहज छ । अस्ट्रेलिया गएको ३ देखि ४ वर्षपछि पीएसडब्लु (पोस्ट स्टडी वर्क) भिसा दिने भएकोले आकर्षक राम्रा कम्पनीहरूमा काम गर्ने अवसर पाइन्छ । अस्ट्रेलिया अध्ययन गर्न कक्षा १२ पास गरी आइएलटिएसमा कम्तिमा ६.५ वा ६ अङ्क ल्याउनु पर्छ ।

उच्च शिक्षाका लागि क्यानडा किन ?

क्यानडाको कुरा गर्दा गुणस्तरीय शिक्षा त छँदैछ । रोजगारीका लागि पनि अवसर पाइन्छ । क्यानडामा अध्ययन पछि प्रसस्त अवसर पाइन्छ । क्यानडामा २० हजार बढी कोर्सहरूकाे पढाई हुन्छ । जुनसुकै विषय पढे पनि अवसर पाइन्छ । टेक्निकल विषयहरू भएकाले हातमा सीप हुन्छ । क्यानडामा आईटी, इन्जिनियरिङ, बिजनेस स्टडिज, ट्राभल एण्ड टुरिजम, नर्सिङ, हेल्थ फिटनेस, कृषिलगायतका विषयहरू अध्ययन गर्दा स्वदेश र विदेश दुवैमा आकर्षक अवसर पाइन्छ । यस्तै, विज्ञान, व्यवस्थापन पारामेडिक्स, एभिएसन लगायतका विषयहरू पढाई हुन्छ । क्यानडाका अधिकांश कलेज र विश्वविद्यालयले विदेशी विद्यार्थीलाई योग्यता अनुसार छात्रवृत्ति उपलब्ध गराएका हुन्छन् ।

पढाईसँगै कामको अवसर

क्यानडामा विदेशी विद्यार्थीले हप्ताको २० घण्टा काम गर्न पाउँछन् । अन्य देशले ४ देखि ५ वर्षमा पिएसडब्लु दिँदा क्यानडाले २ देखि ३ वर्षमै दिने गर्दछ । क्यानडा अध्ययनका लागि आइएलटीएसमा कम्तिमा ६.५ अङ्क ल्याएको हुनुपर्दछ । कक्षा ११ र १२ को जिपिए पनि उत्कृष्ट हुनुपर्दछ ।

सहज छ त विदेश ?

विदेश पढ्न जान्छु भनेर सोच बनाउँदै गर्दा विद्यार्थीले यो प्रश्नको उत्तर खोज्नु पर्छ । पक्कैपनि सात समुन्द्र पारीको देशमा अध्ययन गर्न सहज छैन । त्यसमाथि नेपालमा आमाबुबाको काखमा बसेर सिन्को नभाँची पढेका विद्यार्थीहरूलाई झनै गाह्रो छ । तर, संघर्ष र मेहनत गर्नेहरूका लागि भने अस्ट्रेलिया, क्यानडा जस्ता देशहरू अवसरका खानी हुन् ।

मोती टिप्नु छ भने समुन्द्रको गहिराइ बुझ्न जरुरी छ । नेपालमा कक्षा १२ मा राम्रो स्कोर ल्याएका, आइएलटिएस, पिटिईमा राम्रो अंक ल्याएका, मेहनत गर्ने विद्यार्थीहरूले सहजै अध्ययन गर्न सक्छन् । तर, अरुको देखासिकी र लहलहैमा विदेश जान्छु भन्नेहरू, मेहनत नगर्नेहरू असफल हुन्छन् । त्यसो त त्यस्ताका लागि स्वदेशमा पनि ठाउँ हुँदैन ।

कसरी अप्लाई गर्ने ?

अस्ट्रेलिया होस् वा क्यानडा अथवा युरोपका कुनैपनि देश अध्ययनका लागि गएपनि विद्यार्थीले नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्थाबाट प्रक्रिया थाल्दा सहज हुन्छ । अस्ट्रेलिया, क्यानडा अध्ययनका लागि जाने विद्यार्थीले आइएलटिएस, पिटिई जस्ता भाषा सिकेर परीक्षा उत्तीर्ण गर्नैपर्छ । त्यसपछि कलेज छनौट गर्ने, अप्लाई गर्ने, भिसा प्रक्रिया, डकुमेन्टेसनका कार्यहरू गर्न शैक्षिक परामर्श संस्थाको सहयोग लिनु पर्दछ ।

क्याम्ब्रिज नै किन ?

उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरूले कन्सल्टेन्सी छनौटमा ध्यान नदिँदा दुखः पाएका धेरै उदाहरणहरू छन् । हामी विगत १५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेका छौं । ‘क्याम्ब्रिज’ परिवार भित्रका व्यक्तिहरूले सञ्चालन गरेको नेपाल सरकारको मान्यता प्राप्त संस्था हो ।

१५ वर्षको दौरानमा हामीले अस्ट्रेलिया, क्यानडासँगै यूके, यूएसए, न्युजिल्याण्ड जस्ता प्रतिष्ठित देशहरूमा उच्च शिक्षाका लागि सयौँ विद्यार्थीहरू पठाइसकेका छौं । हामी विद्यार्थीलाई झुटा कुरा गरेर भ्रम छर्दैनौँ । हाम्रो अस्ट्रेलिया र यूकेमा सम्पर्क कार्यालय समेत रहेको छ । त्यहाँ कुनैपनि विद्यार्थीलाई समस्या आएको खण्डमा हाम्रा प्रतिनिधिहरूले सहयोग गर्नेछन् । साथै, हामीसँग अस्ट्रेलिया, क्यानडाका प्रतिष्ठित कलेज र विश्वविद्यालयहरू सँग राम्रो सम्बन्ध रहेको छ ।

क्यानडाका उत्कृष्ट कलेज तथा युनिभर्सिटी

सेन्टेनियल कलेज
युनिभर्सिटी अफ टोरन्टो
युनिभर्सिटी अफ वाटरल
युनिभर्सिटी अफ अलव्रेटा

अस्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटी

अस्ट्रेलियन नेशनल युनिभर्सिटी
युनिभर्सिटी अफ मेलवर्न
युनिभर्सिटी अफ सिड्नी
युनिभर्सिटी अफ क्विन्सलेण्ड
युनिभर्सिटी अफ न्यू साउथ वेल्स
श्रोतः क्याम्ब्रिज काठमाडौं

लेखकः क्याम्ब्रिजका संस्थापक निर्देशक हुन् ।

प्रतिक्रिया

सम्बन्धित