नेपाल आदिवासी जनजाति महासङ्घ इटहरीले बुझाए ध्यानाकर्षण पत्र

इटहरी / इटहरी  १६ स्थित सरस्वती जब्दी मा.वि.मा कांग्रेसकाे प्रधानाध्यापक नियुक्ति गरेको भनी कार्यपालिका सदस्य प्रमोद शेर्पालाई सदस्यबाट हटाउन इटहरी १६ का वडाध्यक्ष तेज नारायण चौधरिले ने.क.पा. (एमाले) नगर कमिटीमा सिफारिस गरेको विषयलाई लिएर नेपाल आदिवासी जनजाति महासङ्घ इटहरीले इटहरी उपमहानगरपालिकामा आज ध्यानाकर्षण पत्र बुझाएको छ ।

अल्पसंख्यक आदिवासी जनजाति समुदायतर्फ मनोनीत कार्यपालिका सदस्य शेर्पा ने.क.पा. (एमाले) प्रदेश सचिवालय सदस्य समेत हुन् । उपल्लो कमिटीको नेताहरूको निर्देशनमा वडा नं. १६ इटहरीका वडाध्यक्ष चौधरिलाई प्रयोग गरी कारवाहीकाे लागि सिफारिस गरिएको रलविद्यालयमा हुने प्रधानाध्यापककाे नियुक्ति राजनैतिक भागवण्डाकाे लागि नभई निष्पक्ष र प्रकृयागत रूपमा याेग्यता र क्षमताको आधारमा हुनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

पत्रमा बिना गल्ती कसैको राजनैतिक चरित्र हत्याहुने किसिमले कारबाहीकाे लागि सिफारिस गर्ने कार्यकाे महासंघले घाेर भर्त्सना गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित