सारुक आत्महत्याको दुई महिना नपुग्दै बुबा सानु ताम्राकारको निधन

काठमाण्डौ / कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ बजेर २०  मिनेट जाँदा ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन । उहाँलाई आइतवार बिहान पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गर्ने तयारी छ ।’

अध्यक्ष निरौलाले कलाकार ताम्राकारको निधनले सङ्घसँगै आफू पनि मर्माहत भएको बताउनुभयो । मेरी मामु, भुइँ मान्छे, ग्याम्ब्लर, पललगायतका चलचित्रमा अभिनय गर्नुभएका कलाकार ताम्राकारकी श्रीमती रुक्मणि ताम्राकार हुनुहुन्छ । ताम्राकारका छोरा सारुक ताम्राकारले गएको असार २१ गते आत्महत्या गर्नुभएको थियो । छोराले आत्महत्या गरेयता उहाँ अस्वस्थ हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित