प्रशासनको निषेधाज्ञाले सर्वसाधारणहरूलाई सास्ती , धरान हुँदै पहाडी जिल्ला छुटेको सवारी बने अलपत्र

सुन्नुहोस्

इटहरी । गौहत्या विरुद्ध धरानमा आज शनिवार हुने सभा सम्मेलन तथा शान्ति र्‍यालीलाई मध्यनजर गर्दै जिल्ला प्रशासनको कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाले हजाराै सर्वसाधारणहरूले सास्ती पाएका छन् । धरान उपमहानगरमा शुक्रवार राती १२ बजे देखि लागु हुने गरी शनिवार रातको १२ बजे सम्म निषेधाज्ञा जारी गरेपछि लामो तथा छोटो दुरीका सवारी साधनहरू इटहरी र तरहरामा रोकिएका छन् भने हजाराै यात्रुहरू अलपत्र परेका छन् । 

इटहरी ,धरान हुँदै पूर्वी पहाडी जिल्लाहरू धनकुटा , तेह्रथुम , सङ्खुवासभा तर्फ छुटेका यात्रुवाहक बस तथा साना सवारीहरू पनि इटहरी र तरहरामा रोकिएका छन् । आज (शनिवार ) हुने शान्ति र्‍यालीलाई मध्यनजर गर्दै प्रशासनले  जिल्लाका मुख्य सहरहरूमा बाक्लो रूपमा सुरक्षाकर्मीहरू परिचालन गरेको छ ।

 सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले सावधानी अपनाएको र ठाउँ ठाउँमा पहरी परिचालन गरिएको जिल्ला प्रशासनको कार्यालय सुनसरीले जनाएको छ । यता प्रशासनले निषेधाज्ञा जारी गरे पनि तय भइसकेका कार्यक्रमहरू गरेरै छाडने विभिन्न सामाजिक सङ्घ संस्था लगायत हिन्दु धर्म गुरुहरूले अडान राख्दै आएका छन् । 

तय गरिएको कार्यक्रम अनुसार हजाराैकाे सङ्ख्यामा नेपालका विभिन्न जिल्लाहरूबाट शुक्रवार नै साधु सन्त तथा धर्मगुरुहरू धरानमा भेला भइसकेका छन् भने इटहरी इनरुवा लगायत कोसी प्रदेशका विभिन्न जिल्लाहरूबाट भेला भएका धार्मिक गुरुहरू इटहरीमा भेला भएर धरान तर्फ जाने तयारीमा जुटेका छन् । इटहरीबाट आ आफ्नो सवारी साधन सहित लामबद्ध भएर धरान पुग्ने गुरुहरूको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित