प्रशासनको निषेधाज्ञालाई धावा बोल्दै धर्म गुरुहरूले सभा सम्मेलन गर्ने घोषणा (भिडियाे सहित)

इटहरी । धरान उपमहानगर क्षेत्रमा कुनै पनि सभा सम्मेलन तथा र्याली नगर्न जिल्ला प्रशासनको कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरे पनि त्यसको तोडेर हिन्दु गुरुहरूले कार्यक्रम  गर्ने घोषणा गरेका छन् । शुकबार साँझ पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो घोषणा गरेका हुन । प्रशासनले निषेधाज्ञा जारी गरे पनि  तोडेर कार्यक्रम गर्ने हिन्दु गुरुहरूले बताएका छन् ।

योजना अनुरूप कार्यक्रम तय गरिएकोले प्रशासनकाे निषेधाज्ञाको गुरुहरूले विरोध गरेका छन् । धरानमा सामाजिक तथा र धार्मिक सद्भाव भड्किएकाेले त्यसलाई नियन्त्रण गर्न सान्ती रर्यालीकाे आयोजना गरिएको गुरुहरूले जनाएका छन् । नेपाल बहु भाषी, बहु धार्मिक, बहु सांस्कृतिक मुलुक भएको र यहाँ सदियौँ देखि अनेक संस्कृति आपसमा मिलेर बसेको अवस्थामा केही कुतत्वले केही दिन अघि गो-हत्या गरेर सामाजिक सञ्जालभर राखेर सामाजिक, धार्मिक सद्भावमा खलल पुराएको चतरा धामका जगत् गुरु बालसन्त मोहन शरण देवाचार्यले बताए ।

अग्रिम योजना अनुसारको कार्यक्रम तय भए पछि निषेधाज्ञा जारी गरिनु प्रशासनको कायरता रहेको उनको भनाइ छ । गौ हत्या गर्नेलाई कारबाही गर्नुको साटो शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्न प्रशासनले लगाएको निषेधाज्ञा तोड्ने गुरुहरूले घोषणा गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित