भेडा पालन मुगुवासीको आयस्रोतको आकर्षक व्यवसाय
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Bheda-0_C568qPOgAl_rx9zsug6fy0adhspljjn1nwzmmdxm4egzorysgaequpoappneibxqpaworh9_ei3gYAR7wy_9o7bi9qnou2gmvbtkdupjgor9srqmdxtv70uyng3ywzxceznfamjmylqrzoo.jpg)
मुगु / मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाम गाउँका सुनबहादुर बढुवाल, उमेर ३३ वर्ष पुगे । पढ्ने, लेख्ने उमेरमा शिक्षा क्षेत्रलाई पछि राख्दै उनले १५ वर्षको उमेरमा भेडा पालनतिर लागे । उनले अहिले ५० भन्दा बढी भेडा पालन गरेका छन् । उनी वन पाखामा भेडासँगै आफ्ना दुःखसुखका दिनहरु गीतसँगै लैजान्छन् ।
कर्णाली प्रदेशको मुगु भौगोलिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा भरिपूर्ण मानिएको जिल्ला हो । यस जिल्लामा यतिमात्र नभई पशु वस्तुमा पनि धनी मानिएको छ । पछिल्लो समय यहाँका कृषक भेडा तथा बाख्रा पालनबाट आकर्षित हुनुका साथै मनग्य आम्दानी पनि गर्दै आएका छन् ।
सुनबहादुर मात्र होइनन् १० वर्षकै उमेरदेखि नै भेडा पाल्दै आएका कृष्णबहादुर बुढा अहिले उमेरले ७० वर्ष पुगे । उनीसँग ८० भेडा छन् । ज्येष्ठ नागरिक भए पनि उनलाई आफ्नो पेसा व्यवसायप्रतिको माया भेडा पालनमा उमेरले कहिल्यै पछि पर्न दिएन । विगतका दिनहरुमा भेडाबाख्राहरुलाई कुनै चोटपटक, रोग लागेमा जंगलकै जडीबुटीले उपचार गर्दा निको हुने गरेको उनी सम्झिन्छन् ।
पछिल्लो समय मुगुवासीको भेडा पालन नै पहिलो आयश्रोत बन्दै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि किसानहरु यो व्यवसायमा अग्रसर भएका हुन् । किसानले वर्षमा एक लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको भेडा पालक कृषक भुमबहादुर खड्काले बताए ।
भेडा–बाख्राको ऊनबाट राडीपाखी, काम्लो, फेरे लगायतका मूल्यवान वस्तु तयार गरेर कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । स्थानीय सरकार लगायत अन्य कुनै पनि निकायबाट भेडा पालन कृषकहरुलाई अनुदानजस्ता कार्यक्रम नहुँदा अझै भेडाप्रतिको आर्कषण बढ्न नसकेका किसान स्थानीय चन्द्र बहादुर बुढाको भनाइ छ ।
जिल्लाका चार स्थानीय तहमा वर्तमान अवस्थाको प्रारम्भिक तथ्यांक अनुसार ४ हजार ९ सय घरधुरीले भेडावाख्रा पालन गरी रहेका छन् । जिल्लामा भेडाभन्दा बाख्रा पालनमा तुलनात्मक संख्याभन्दा बढी छ । अहिले जिल्लामा बाख्रा ७० हजार ४ सय रहेको छ भने ३१ हजार ३ सय ४४ भेडा रहेको तथ्यांकले देखाएको छ ।
बढी मात्रा छायाँनाथ रारा नगरपालिकाभित्रका नागरिकहरुले भेडाबाख्रा पालन गरी रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए । गर्मी समयमा भेडा–बाख्रा चरिचरणका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिन्छ भने जाडोयाममा औल तथा बेसीतर्फ पाल्ने गरिन्छ । संरक्षणभन्दा पनि संख्यात्मक अनुदानले भेडा पालक कृषक मर्कामा परेको दुखेसो पोखेका छन् ।
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_LTUGuRs957_ekq6ggoh1nvc6ky1xvflxw7iyplyx8yqupxfcepxuxbzejpf12ybq8rvrhev.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_UM64qZYlUC_rhbrdcf3fopmach9rhlg4eiblisyndutnuixr29nncodascdk9qvanhuyntg.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_ojgserhbu2_1tyt1ouqoztacrkxxsq9ympo9xryeqkraztb3l83xavvgmvgpajwjunzjt5n.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_0qliN7PErb_prv1lfb506wuhkdd8qa1bgynby3lseozoos2widq05hriwcdxdgfj83fgghs.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_aRf5ZPNazf_vorhemchgyoxkjuytbtdcu1swrspskhsbboxestsbfcoyzie3hx7lmktw0ul.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_q4YBIZ4X2C_hsadb2y8pumms1yy7kglvjhzcv71jjtet1ssxo1m3bheavyolhywbtrwor4x.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_zcoihADc8I_1ytplpkqp7fokk6vdmvn6sk9ofr6wr7dyzxb7aznmdddaqklpchdwr2pzojn.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_W72Yp1hf8J_husarsm2szodnrzfedd0u7cddmjbpim3hfi24zenqrl7atm3gzbpmtok9j35.jpg)
प्रतिक्रिया