धरानका पूर्व मेयर र उपमेयरहरूकाे अपिल : सामाजिक सदभाव कायम राख्न सबैमा सुझाव
इटहरी । धरानमा पछिल्लो समय देखिएको धार्मिक एवम् सांस्कृतिक द्वन्दबारे पूर्व मेयर र उपमेयरले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सम्बन्धित सबै पक्षमा आग्रह गरेका छन् ।
हालै एक वक्तव्य जारी गर्दै धरानका पूर्व मेयर तिलक राई , मनोज कुमार मेनाङवाे , पूर्व उपमेयर कुमार बहादुर कार्की ,मीन कुमार सुब्बा लगायतले पछिल्लो समय अशान्त बनेको सहरलाई विगतकै अवस्थामा फर्काउन सद्भाव र्याली देखि बिभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ ।
धरान सहर सांस्कृतिक , भाषिक , जातीय तथा भाैगलीक विविधताले भरिएको एक शान्त र सुन्दर नगरी सहर रहेको तर पछिल्लो समय फैलिएको अराजकताले सहरको वातावरणीय देखि सामाजिक , धार्मिक र भाइचाराको सम्बन्ध माथि खलल पुगेको निष्कर्ष सहित सामाजिक सद्भाव कायम राख्न सबैमा ४ बुँदे अपिल गरेका हुन ।
प्रतिक्रिया