बगरकोटमा सेकुवा कर्नर र होटेल अनुगमन ,सरसफाइमा उत्कृष्ट एमएच , अन्यमा भेटिए बासी तेल

धरान । धरानको बगरकोटमा सञ्चालन  रहेको सेकुवा कर्नर तथा  होटलहरुमा छड्के अनुगमन गरिएको छ । एम एच लन्च एण्ड बार, याङतारु सेकुवा कर्नर र चिनारी रेस्टुरेन्टको अनुगमन गरिएको हो । बिना सुब्बाले सञ्चालन गरेको याङतारु होटेलमा १ सयको एक्ट्र्म जुसलाई २ सय लिएको र र तेल परीक्षण गर्दा बासी रहेको भेटिएको छ भने सरसफाइ  राम्रो नभएको बजार अनुगमन अधिकृत वेद सापकोटाको भनाई छ ।    

उपमहानगरले सरसफाइका मापदण्ड पुरा गर्दा अटर गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।  एम एच लन्च एण्ड बार होटेल अनुगमन गरे मध्यकै उत्कृष्ट होटेलमा पाइएको खाद्य गुण नियन्त्रण कार्यालय प्राविधिक निरीक्षक बादल चेम्जोङको भनाई छ ।

बादलका अनुसार पकाएको मासु, कॅाचो मासु अलग राखेको, खानेकुरा फ्रिजमा पनि र्यापिङ गरेको , तेल परीक्षणमा सफा भेटिएको र कर्मचारी किचनमा काम गर्दा सरसफाईमा ध्यान दिएको पाईएकाले उत्कृष्ट भएको बताईन।

एम अज बारका बिल बिजक चेक गर्ने क्रममा इलाका प्रशासन कार्यालय धरानका शिवराज खड्काले एमआरपी ४० रुपैयाँ लेखिएको १ लिटरको पिउने पानीलाई ८० रुपैयाँमा बिक्री गरेको फेला पारेका हुन।

त्यहीकी एक कर्मचारीले ८० मात्र नभएर ९० सम्म लिएको समेत बताइन्। अनुगमन टोलिले दिएको निर्देशन नमान्ने सुझावलाई बेवास्ता गर्नेलाई उपमहानगरले कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित