चन्द्रमामा पुग्यो भारतले पठाएको यान
काठमाडौं। भारतले पठाएको यान चन्द्रामा पुगेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।
इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो। चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ।इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो। विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ। प्रज्ञानको तौल २६ किलो छ।

दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच खानेपानी प्रणालीलाई डिजिटलाइज गर्न…

इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्टबिच सम्झौता

चन्द्रयान- ३ अब चन्द्रमाको २५ किमी मात्रै पर, तीन दिन भित्र चन्द्रमामा अबतरण गरा…

अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीले किन्याे वर्ल्डलिंकको साढे १३ हजार कित्त…
सामसङ नेपालद्वारा इटहरीमा ग्यालेक्सी जेड फ्लिप ५ / जेड फोल्ड ५ सार्वजनिक गर्न र…

टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे

प्रतिक्रिया