आफ्नै भवनबाट २४ सै घण्टा विशेषज्ञ सहितकाे सेवा प्रदान गर्दै इटहरी सामुदायिक अस्पताल (तस्विरहरू सहित)
इटहरी / इटहरी तथा आसपासका विरामीहरुलाई उपचारका लागि बाहिर जानु नपरोस भनी वि.सं.२०५६सालमा नीजि क्षेत्रबाट इटहरीमा सञ्चालित पहिलो अस्पताल सामुदायिक अस्पतालले हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको छ । इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै सामुदायिक अस्पताल स्थापना गरी निरन्तर रूपमा सेवा सुविधा प्रदान गर्दै आएकोमा हाल आफ्नै भवन मार्फत विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलव्ध गराइरहेकाे अस्पतालका संचालक टंक दुलालले बताए ।
दुलालले हाल १५वेड सञ्चालनमा रहेको अस्पताल चाडै नै २५वेडको सञ्चालनमा ल्याउन लागिएको समेत वताए । अस्पतालमा आधुनिक ल्याव सञ्चालनमा रहेको साथै विरामीले घरमै बसेर उपचार पाए जस्तै गरी सेवा प्रदान गरिदै आइरहेकाे समेत वताए ।
अस्पतालमा हाल २४सै घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पुर्ण रोग, हाडजोर्नी तथा नशारोग ,बालरोग, आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्वन्धी आकस्मिक तथा परामर्ष सेवा आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्वन्धी सेवाहरु सञ्चालनमा रहेको जनाइएकाे छ ।

उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री …

डेंगु संक्रमणबाट थप एकको निधन

गुणस्तरीय सेवामा अब्बल इटहरी सामुदायिक अस्पताल : सेवाग्राही भन्छन् 'गुनासो पोख्…

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

मान्छेमा प्रत्यारोपण गरियो सुँगुरको मृगौला, भनियाे, मेडिकल क्षेत्रमा क्रान्ति

परोपकार प्रसूति अस्पातलमा आजदेखि अनलाइन टिकट

प्रतिक्रिया