सिडिओ भने “मेयर हर्क साम्पाङले फोनबाट उजुरी गर्दा अनुसन्धान हुँदैन लिखित उजुरी दिनुपर्छ “

 धरान / स्थानीय सरकार धरानका नगर प्रमुख हर्क साम्पाङले आफूमाथि  नगरवासी श्रीमान् श्रीमतीद्वारा अभद्र व्यवहार भएको भन्दै प्रहरीलाई   मौखिक  उजुरी गरेका  छन्।  प्रशासनले फोनको भरमा गरिएको  उजुरीको आधारमा कारबाही अगाडी बढाउन  नसक्ने  अडान लिएको पाइएको छ । 

साम्पाङले धरानका डिएसपी नवराज मल्ललाई फोन गरेर साे घटना प्रती हिरासतमा ल्याएर अनुसन्धान गर्नु पर्‍यो “मलाई पटक पटक दुर्व्यवहार गरियो” म नगर प्रमुख हुँ मलाई यस्तो गर्नेलाई पक्राउ गरी कारबाही गर्दिनु पर्याे भन्दै फोनबाट कारबाहीको माग गरेका हुन्। 

साम्पाङले २ दिन अघि प्रहरीलाईलाई फोन सम्पर्क मार्फत  जानकारी गराएका हुन। साम्पाङले  पटक पटक प्रहरीले  आफू माथि दुर्व्यवहार हुँदा  र आफूले उजुरी गर्दा पनि  उजुरी  नहेरी दिएको र देशमा  राज्य  छ कि छैन जस्ता  स्ट्याटस पोस्ट गरेका थिए ।  साम्पाङले  स्ट्याटस मार्फत प्रशासनलाई पक्राउ गरी अनुसन्धान नगरे पत्रकार सम्मेलन गर्ने चेतावनी समेत दिएका थिए । 

यसबारे सुनसरी जिल्ला सहायक सिडिओ अनुज घिमिरेले पूर्वेली न्युज सँग कुरा गर्दे भने “जे हुन्छ कानुन  अनुसार हुन्छ।” हामीले लिखित उजुरीलाई आधिकारिक मान्छौ मेयरले  मौखिक उजुरी  गरेकाले अनुसन्धान गर्न सकेनौ,लिखित उजुरी दिएमा कानुन अनुसार  अनुसन्धान प्रक्रिया सुरु हुन्छ । 

 यस्तै जिल्ला प्रशासन कार्यालय  सुनसरीका सिडिओ हुँमकला पाण्डेले समेत साम्पाङले  मौखिक उजुरीमा अनुसन्धान गर्न नमिल्ने भन्दै लिखित उजुरी हाल्नु भन्दै  सिडिओ पाण्डेले फोनबाट मेयर साम्पाङलाइ आग्रह गरेकी  थिइन।  तर, हालसम्म पनि मेयरले लिखित उजुरी नहालेको बुझिएको छ । 

प्रतिक्रिया

सम्बन्धित