इटहरी स्थित एपेक्स हस्पिटलमा प्रत्येक शनिवार निःशुल्क सुगर परीक्षण हुने

इटहरी । इटहरीको एपेक्स हस्पिटलमा अब प्रत्येक शनिवार निःशुल्क सुगर तथा पिसाब परीक्षण गरिने भएको छ । विराटनगरस्थित अर्या न्युरो हस्पिटलका वरिष्ठ फिजिसियन डा. राकेश कुमार मण्डलले एपेक्समा सेवा प्रदान गरेसँगै अब प्रत्येक शनिवार निःशुल्क पिसाब तथा सुगरको परीक्षण गरिने जनाइएको छ । शनिवार निःशुल्क गरे पनि अन्य बार भने विशेष छुटका साथ परीक्षण गरिने उक्त हस्पिटलले जनाएको छ । साथै एपेक्स हस्पिटलमा विशेष छुटका साथ इटहरी मै पहिलाे पल्ट डाइबेटिक क्लिनिक सञ्चालनमा ल्याइएको हाे ।

अस्पतालले २४ घण्टा एमडी विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गरिनुका साथै इमरजेन्सीमा बिशेषज्ञ डाक्टर सहितको सेवा सुचारु गर्नका साथै  हाडजोर्नी, नशा तथा प्रसूति लगायतका राेगहरूमा  विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा रहेकाे छ । बिरामीहरूलाई इटहरीभित्रै सेवा उपलब्ध गराउने उद्देश्य सहित उपचाकालागि धरान तथा बिराटनगर जान नपराेस भन्दै निजी लगानीबाट स्थापना गरिएको इटहरीको एपेक्स अस्पतालमा अब कुनै प्रकारको झन्झट बेहोर्नु नपर्ने अस्पतालले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित