नेप्से सूचक ११.९९ अंकले घट्याे

काठमाडौ / नेप्से सूचक आइतबार ११.९९ विन्दुले घटेर २०११.१४ अंकमा आएको छ । १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । समग्रमा हेर्दा सेयर बजारका लगानीकर्ताको मनोविज्ञान कमजोर देखिएको छ । बैंकहरुले अस्वस्थ प्रतिस्पर्धा गरी ब्याजदर बढाएपछि त्यसको प्रभाव सेयर बजारमा परेको अनुमान गरिएको छ । 

हुन त सबै बैंकले ब्याजदर बढाएका छैनन् । यद्यपि, १ दर्जन बैंकले ब्याजदर बढाएका छन् । केहीले स्थिर राखेका छन् भने कतिपयले घटाएका पनि छन् । तथापि, सेयर बजारका लगानीकर्ताको मनोविज्ञान भने खासै सकारात्मक बनेको पाइएन । 

आइतबार २६९ कम्पनीको ४४ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६ करोड ६३ लाख रुपैयाँसहित आएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र ज्योति विकास बैंक परेका छन् । 

प्रतिक्रिया

सम्बन्धित