बिराटनगरमा नेपाल फर्मास्युटिकल एसाेसिएसनकाे सम्पर्क कार्यालय स्थापना

इटहरी । माेरङकाे बिराटनगरमा फार्मेसि सञ्चालकहरूकाे हक हित संरक्षण तथा अधिकार सुनिश्चितका लागि नेपाल फर्मास्युटिकल एसाेसिएसनकाे सम्पर्क कार्यालय स्थापना गरिएकाे छ । उक्त कार्यालयकाे नेपाल फर्मास्युटिकल एसोसियसनका अध्यक्ष शम्भु शाहले उदघाटन गरेका छन्। काेशी प्रदेशकाे १४ वटै जिल्लामा रहेका फार्मेसिस्टहरूलाइ एकै ठाउ समेटने गरी साे कार्यालय स्थापना गरिएकाे जनाइएकाे छ ।

कार्यालय स्थापना संगै फार्मेसी पेशासँग सम्बन्धित स्वदेशी तथा विदेशी संघसंस्थासंग समन्वय गरि प्रदेशमा कार्यरत फार्मेसी जनशक्तिका लागि समय सापेक्ष क्षमता अभिवृद्धि तालिम, गोष्ठी, सेमिनार र व्यवसायिक हकहितको लागि यसै प्रदेशमा क्रियाशिल अन्य स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुसँग समन्वय तथा सहकार्य गर्ने ,समग्र पेशाको पहिचान, विकास तथा सम्मान, का लागि काम गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित