गोरु काटेर भोज गर्ने र गाई खाएको भन्दै भिडियो पोस्ट गर्ने केहीकाे पहिचान खुल्यो , प्रहरी भन्छ : अझ सुक्ष्म अनुसन्धान हुदैँछ

सुन्नुहोस्

धरान । सामाजिक सञ्जालमा गाईको मासु खाएको भनेर भिडिओ खिचिरहेकी युवति र समूहको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।केही दिन यता धरानमा गोरु काटेर सार्वजनिक स्थलमै भोज आयोजना गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि सर्वत्र विरोध सुरु भएको थियो । घटना पछि प्रहरीले सुक्ष्म अनुसन्धान गरेको र गोरु काट्ने , काट्न लगाउने र भिडियो पोस्ट गर्ने ब्यक्ती एवम् समूहको पहिचान भइसकेको बताएको छ ।

भिडिओमा मासु खाँदै गरेको अवस्थामा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायत केही पत्रकारहरू समेत देखिएका छन् । भोजमा जनजाति संस्कृति संरक्षणको पक्षमा लागेका अभियन्ताहरू समेत मासु खाँदै गरेको अवस्थामा देखिएका छन् । भिडिओमा घर भित्र र बाहिर बसेर भोज खानेहरू देखिएका छन् ।

नेपालको संविधानको धारा ९ उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई राखिएको छ । त्यस्तै, मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद–२७ मा गाई गोरु काट्न नहुने उल्लेख छ । गाई गोरुलाई कुटी अङ्गभङ्ग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ ।

के हो भिडिओको वास्तविकता ?

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ धरान ११ स्थित मङ्गलबारेको हो । सो भिडिओ तीन दिन अघि खिचिएको हो । गोरु काटेको अभियोगमा पक्राउ परेका विन्द्रा कुमार राई र राजन परियार थुनामुक्त भएको खुसीयालीमा सो भोज लगाइएको हो । उनीहरूलाई विभिन्न सङ्घ संस्थाले भोजअघि सम्मानसमेत गरेका थिए ।

राई गत साउन ९ गते पक्राउ परेका थिए । उनी गत साउन २६ मा रिहा भएका थिए । नेपाल आदिवासी जनजाति महासङ्घ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मङ्गलबारेमा सो कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा आदिवासी जनजातिको अधिकारको पक्षमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि तथा ख्रिष्टियन सोसाइटीका मानिसहरू सहभागी भई संस्कृतिको संरक्षण र उपभोग गर्न पाउनु पर्ने माग राखेका थिए  साथै भिडियाेमा संविधान संसाेधन गरेर भए पनि गाेरू काट्न पाउनु पर्ने माग राखिएकाे छ।

गोरु काटेर भोज गरेको भए कारबाही हुन्छ : प्रहरी

सामाजिक सञ्जालमा भइरहेको भिडियोको विषयमा गम्भीरताका साथ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गर्ने गरिएकाेमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले के काटिएको हो ? कहाँ काटिएको हो ? र कसले काटेको हो भनेर अनुसन्धान भईसकेको अबको अनुसन्धान दोस्रो चरणमा कति मानिसलाई मुद्दा चलाउने र तिनीहरूको पहिचान स्थान पत्ता लगाउने काम भइरहेको बताए। धरानकाे यस बिषयमा बिभिन्न संघसंस्थाहरूले बिज्ञप्ती जारी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित