सुत्केरीको मृत्युको विषयलाई लिएर कोशी अस्पताल तनावग्रस्त

विराटनगर । सुत्केरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कोशी कोसी अस्पताल प्रशासन र मृतकको आफन्तबीच सहमति गर्ने समझदारीपश्चात शान्त बनेको छ । बिहीबार राति अस्पताल तनावग्रस्त बनेपछि शुक्रबार दुवै पक्षबीच सहमति गर्नेगरी वातावरण शान्त बनाइएको छ । 

विराटनगरस्थित कोशी अस्पतालमा आठ दिनकी सुत्केरीको मृत्यु भएपछि बिहीबार रातभर मृतकका आफन्तले अस्पताल परिसर परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे । आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको थियो । गत २४ साउनमा रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी कामतको श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा  कोशी अस्पतालमा ल्याइएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित