लागुऔषधसहित एकजना पक्राउ

सप्तरी / कञ्चनरूप नगरपालिका-१ बैरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित तिरहुत गाउँपालिका-१ बस्ने २२ वर्षीय राधेश्याम साहलाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले प्र.२-०१-००१ प ३२६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित