इटहरीमा एक महिलाको शव फेला

इटहरी / इटहरीमा एक महिलाको शव फेला परेको छ । इटहरी वडा नम्बर  ४ स्थित सेतो बङ्गला बोर्डिङ स्कूल नजिकै टेङ्ग्रा खोलाको किनारमा घोप्टो परेको अवस्थामा सङ्खुवासभा मादी घर भई हाल इटहरी वडा नम्बर ४ मा कोठाभाडामा बस्दै आएकी सीता लिम्बूको शव फेला परेकाे हाे । 

शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेका  प्रहरीले  जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित