अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीले किन्याे वर्ल्डलिंकको साढे १३ हजार कित्ता सेयर

काठमाडाैं / नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सेयर बिक्री गरेको छ । ओटीसी (ओभर द काउन्टर) बजारमा कम्पनीको साढे १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
नेपाल स्टक एक्सेञ्ज (नेप्से) को तथ्यांक अनुसार कम्पनीको १३ हजार ३९२ कित्ता सेयर १२ करोड ५५ लाख ५० हजार रुपैयाँमा कारोबार भएको हो । उक्त सेयर वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा अध्यक्ष दिलिप अग्रवालसँग अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीले साउन ७ गते किनेको हो ।
वर्ल्डलिंकले नेपालको इन्टरनेट बजारमा २९ प्रतिशत बजार हिस्सा ओगटेको केयर रेटिङ्स नेपालको रेटिङ विवरणमा उल्लेख छ । फाइबर इन्टरनेटको हकमा वर्ल्डलिंकको बजार हिस्सा ३० प्रतिशत रहेको छ ।
वर्ल्डलिंकले ५ महिनाअघि ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी भित्र्याएको थियो ।
वल्र्डलिंकको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ र २७ वर्षदेखी आफ्नो उपस्थिती रहेको वल्र्डलिंकको पहुँच ७४ नेपालको जिल्लामा पुगिसकेको जानकारी गराउँदछ।

एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्नु : प्रधानमन्त्री

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा

इटहरीका भिमप्रसाद दाहालले खल्ति एपबाट पाए दुबई भ्रमण

बेलायतको स्पेक्ट्रलाइट युकेले किन्यो एनसेलको ८० प्रतिशत शेयर

सरकारले जारी गर्याे सामाजिक सञ्जाल निर्देशिका : ३ महिनाभित्र नेपालमा दर्ता नभ…

नेपाल सरकारले ल्यायाे सामाजिक सञ्जाल निर्देशिका : ३ महिनाभित्र नेपालमा दर्ता …

टिकटक प्रतिबन्ध माथी पहिलो पेशी तोकियो, सोमवारबाट सुनवाइ

प्रतिक्रिया