नेपाल  प्रहरी  श्रीमती संघद्वारा धरानमा झुल तथा स्वास्थ्य सामाग्री  वितरण

धरान / नेपाल  प्रहरी  श्रीमती संघ कोसी  प्रदेशले धरान वडा नम्बर -१७ को वडा कार्यालयमा डेङगु प्रभावित  एवं सुकुम्वासीमा बसोबास  गर्ने अति सिमान्तकुत समुदायका १७०  घर परिवारलाई  झुल वितरणसँगै लामखुट्टे मच्छरका टोईकाबाट बच्नको लागि मच्छर धुप र ओडोमस मलम समेत वितरण  गरेको छ ।

ईपिडियामियो लोजी तथा सरुवा रोग नियन्त्रण  महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा  डेङगुको सङ्क्रमण  फैलिँदै गरेको छ । डेङगुको सङ्क्रमणका कारण धरानमा मात्र ५ हजार भन्दा बढीमा डेगॅु पोजेटिभ देखिनुका साथै ११ जनाको मृत्यु समेत भइसकेको छ।

१७ नम्बर वडाका सचिव शिशिर श्रेष्ठका अनुसार वडाको हरेक टोल विकास संस्थाले सीमान्तकृत समुदायको नामावाली पठाएको आधारमा एक घर एक झुल वितरण गरिएको बताए। झुल तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम   प्रदेश कार्यलका प्रहरी  प्रमुख तथा डिआइजी  राजेशनाथ बास्तोलाको प्रमुख  आतिथ्यमा भएको थियो ।

 कार्यक्रमको विशेष  अतिथि नेपाल  प्रहरी  श्रीमती  संघ कोसी प्रदेशका सचिव सिर्जना  नेपाल दाहालले   धरान- १७ वडामा सुकुम्वासी  बस्ती   रहेको र डेङगु सङ्क्रमितहरू बढी भएको  जानकारी आएकोले आज हामीले  यहाँबाट वितरण  सुरु गर्‍यौ  अन्य वडाहरू र प्रदेशका अन्य  सङ्क्रमित प्रभावित  क्षेत्रमा पनि वितरण  गर्ने  तयारी  रहेको  उनले बताइन ।   

कार्यक्रमको अध्यक्षता  वडा नम्बर  १७ का कार्यवाहक वडाध्यक्ष लक्ष्मण  राईले यो कार्य संघको एकदमै सरहानिय कार्य  रहेको बताउँदै धन्यवाद  समेत दिए। कार्यक्रमलाई वडा सदस्य  लक्ष्मी  विक , जिल्ला विकास  समन्वय  समिति सुनसरीका सदस्य  शेष कुमारी  घिमिरे  कोसी प्रदेश तह तप्काका  प्रहरी  प्रमुखले सहजीकरण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित