साइबर अपराधको आरोपमा हर्क सम्पाङका समर्थक रमेश राई पक्राउ

धरान / साइबर अपराधको आरोपमा प्रहरीले धरानका  रमेश राईलाई पक्राउ गरेको छ ।  राईबिरुद्ध परेको उजुरीका आधारमा इलाका प्रहरी कर्यालय  धरान ५ स्थित  उनकै घरबाट पक्राउ गरेको हो । 

राई धरानका नगर प्रमुख हर्क साम्पाङका समर्थक हुन । उनले धरान ४ छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलनलाई लिएर  संघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए ।

उक्त गाली गलौचलाई लिएर पर्वत राईले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार इलाका प्रहरी कार्यालय धरानले रमेशलाई नियन्त्रण लिएको डिएसपी नवराज मल्ल जानकारी दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित