इटहरी एपेक्स अस्पतालद्वारा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

इटहरी । तराइका जिल्लाहरूमा अत्यधिक बढेको गर्मी तथा डेंगुकाे प्रकोपलाई मध्यनजर गर्दै इटहरी स्थित एपेक्स हस्पिटलले एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ । साउन २७ गते शनिवार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे । गर्मी याममा देखि विभिन्न रोगका प्रकोपहरूलाई मध्यनजर गर्दै आम नगरवासीहरूमा स्वास्थ्यको पहुजलाइ अझ प्रभावकारी बनाउन एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएकाे र  स्वास्थ्य शिविरमा २५० भन्दा बढिले सेवा लिएकाे अस्पतालले जनाएकाे छ । 

शिविरमा सबै प्रकारका रोगहरूको निःशुल्क परीक्षण गरिने साथै औषधी बितरण देखि परामर्श सेवा प्रदान गरिएकाे थियाे । शिविरमा अाेपिडी सम्बन्धि , पिसाब तथा सुगर परीक्षण , ल्यावएक्सरे , भिडियो एक्स-रे , इसिजी सम्बन्धि सेवामा ३० प्रतिशत छुटको व्यवस्था गरिएकाृ  थियाे । शिविरमा वरिष्ठ हाडर्जाेनि तथा नशा रोग विशेषज्ञ डा. गोकुल काफ्ले, वरिष्ठ फिजिसियन डा. राकेश कुमार मण्डल, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. प्रेक्षा सुब्बा, वरिष्ठ नवजात तथा बालराेग विशेषज्ञ डा. सुमित घिमिरे वरिष्ठ सर्जन डा. लबेन्द्र कुमार शाहलगायतहरूकाे सेवा प्रदान गरिएकाे थियाे । 

अस्पतालले २४ घण्टा एमडी विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गरिनुका साथै इमरजेन्सीमा बिशेषज्ञ डाक्टर सहितको सेवा सुचारु गर्नका साथै  हाडजोर्नी, नशा तथा प्रसूति लगायतका राेगहरूमा  विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा रहेकाे छ । बिरामीहरूलाई इटहरीभित्रै सेवा उपलब्ध गराउने उद्देश्य सहित उपचाकालागि धरान तथा बिराटनगर जान नपराेस भन्दै निजी लगानीबाट स्थापना गरिएको इटहरीको एपेक्स अस्पतालमा अब कुनै प्रकारको झन्झट बेहोर्नु नपर्ने अस्पतालले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित