सन्नी देओलको गदर २ को ४० करोडको ओपनिङ, सलमान खानले दिए बधाइ

मुम्बई । सन्नी देओलको गदर २ ले पहिलो दिनमै धमाका मच्चाएको छ । हिजाे अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ ।
फिल्मलाइ दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि साे चलचित्रकाे तारिफ गर्न छोडेनन् । उनले सामाजिक सञ्जालमा गदर २ को बारेमा पोस्ट गरेका छन् । गदर २ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब। गदर २ को सम्पूर्ण टिमलाई बधाई छ।
फिल्म गदर २ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ । पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्यांक भने सार्वजनिक गरिएको छैन ।
फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नी देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।

गीतकार ध्रुवप्रसाद अमगाईंको ‘आँखा सँग’ सार्वजनिक

डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ सार्वजनिक

पोखरामा साकारको सांगीतिक जादु

आनन्द कार्की र मिलन नेवारको एकै पल्टमा साक्षी र सुशान्त

मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

शाहरूखकाे जवान दोस्रो दिनमा नै १०० करोडको क्लबमा

क्युएफएक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स इटहरी सेन्ट्रलप्लाजामा

प्रतिक्रिया