सिरहामा अनुदानको मलमा व्यापक कालोबजारी, ६७ बोरा अवैध मल बरामद
![](https://snowberry.prixacdn.net/media/gallery_folder/364703314_839647774407121_8247298526372167926_n.jpg_4nLsbGyPwZ_otlrpzohgzqfevoekglnt7jwulqqz4ceern8jrkb9du5hzlcowq4snkjdfir_61y1XtGwxw_qeexre5tfqecj7rh5vrtbqpyyd4ppbuv8cv2wbactzzbyhg8ay65p6758j1p.jpg)
सिरहा / सिरहामा सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहान तथा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल विक्रीवितरणका लागि नगरपालिकाबाट सिफारिस लिएका सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो ।
स्थानीय नगरपालिका तथा गाउँपालिकाहरुले नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानलाई सहजरुपमा उपलब्ध गराउन सिफारिस गरिएका सहकारीहरु तथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहानको कर्मचारीहरुकै मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो।
सिरहामा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल कालोबजारी गरी बिक्रीवितरण गर्ने एक एग्रोभेट पसलमा सोमबार इलाका प्रहरी कार्यालयले सिल गरेको छ । उपभोक्ताको गुनासो आउनेबित्तिकै जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार ४ स्थितको ममता एग्रोभेटको गोदाममा छापा मार्दा ६७ बोरा अवैध मल भेटिएपछि उक्त मलसहित गोदामलाई सिल गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन र स्थानीय किसानले महंगो मूल्यमा मल बेचविखन गरेको गुनासो गरेपछि प्रहरीले ५६ बोरा डिएपी र ११ बोरा युरिया मल बरामद गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
स्थानीयको जनगुनासोपछि ममता एग्रोभेटको गोदाम खानतलास गर्दा अवैधरुपमा मल ल्याई विक्रीवितरण गरिरहेको फेला परेपछि गोदाम सिल गरेको प्रमुख जिल्ला अधिबारी राजेन्द्र देव पाण्डेले जानकारी दिए । उनका अनुसार एग्रोभेटका सञ्चालक महेन्द्र यादवलाई आवश्यक कागजातसहित जिल्लामा बोलाइएको र कागजात हेरेर उतm मल अवैध ठहर भएमा कानुन प्रक्रिया अगाडि बढाइनेछ ।
जिल्लाका एग्रोभेट व्यवसायीहरुले साल्ट ट्रेडिङ्गका कर्मचारी र कृषि सहकारीहरुसँगको सेटिङमा सहुलियत दरको मल अवैध रुपमा खरिद गरी चर्को मूल्यमा विक्री गरे पनि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु भन्ने मौन बसेका छन् । सेटिङमा खरिद गरेको मल व्यवसायीले मनपरी मूल्यमा बेच्ने गरेको किसानहरु बताउँछन् ।
गोलबजार नगरपालिकाले सहज रूपमा कृषकलाई खाद मल उपलब्धताको लागि नगर कृषि शाखाले ६ वटा कृषि सहकारी संस्थालाई सिफारिस गरिएको भए पनि गोलबजारका कृषकहरुले भने निजी एग्रोभेट पसलबाट चर्को मूल्य तितेर मल (खाद) खरिद गर्नुपर्ने बाध्यता रहेको गोलबजार १० डण्डाका किसान साधुराम महतोको गुनासो छ ।
उनले भने, ‘एग्रोभेटले कृषकसँग ५० केजीको प्रतिबोरा २४ सय पर्ने डिएपी खादको ३८ सयदेखि ४५ सय र ९ सय पर्ने युरिया खादको २ हजारसम्म मूल्य लिएर विक्री गर्ने गरेको छ ।’
गोलबजार नगरपालिकाबाट सिफारिस लिएका सहकारी संस्थाहरु जय हरियाली कृषि सहकारी संस्था लिमिटेड, ॐ शिवम् कृषि सहकारी संस्था लिमिटेड, जनएकता कृषि सहकारी संस्था लिमिटेड, समाज उत्थान कृषि सहकारी, कुम्भी खाडी साना किसान कृषि सहकारी, अघोर्नी देवी कृषि सहकारी संस्था लिमिटेड, साना किसान कृषि सहकारी संस्थालाई सिफारिस गरिएको कृषि शाखाले जनाएको छ ।
सहकारीहरुले कृषि सामग्रीबाट डिएपी २४ सय रुपैयाँ र युरिया खाद ९ सय रुपैयाँमा ढुवानीसहितको मल खरिद गरे पनि निश्चित किसानलाई वितरण गर्ने बाँकी बसेका मल गोलबजारको एग्रोभेट पसलहरुमा अवैध रुपमा विक्री गर्दा ममता एग्रोभेट, दयाराम एग्रोभेट, कुसवाहा बिज भणडार लगायतका एग्रोभेटहरुले दोब्बर मूल्य लिएर कालोबजारी गरि कृषिकलाई चर्को मूल्यमा बिक्रीवितरण गर्ने गरेको नाम नखोल्ने शर्तमा एकजना व्यवसायीले बताए ।
कृषकहरुले सहकारीमा मल खोज्न जाँदा अहिले छैन भनी फर्काइने र एग्रोभेट पसलमा सोही कृषि सामग्री र साल्ट ट्रेडिङको नाम समेत लेखेको मल एग्रोभेटरुमा व्यापक रुपमा पाइने गरेकाले पनि मलमा व्यापक कालोबजारी हुने गरेको प्रष्ट गर्छ । अहिले पनि गोलबजार लगायतका एग्रोभेट् पसलहरुमा लुकाइछिपाइ रासायनिक मल राखेको र चर्को मूल्यमा किसानलाई विक्री गर्ने गरेको किसानहरु बताउँछन् ।
अहिले प्रतिकेजी २० रुपैयाँमा बिक्ने युरिया ३५ देखि ४० रुपैयाँ सम्म र ४८ रुपैयाँ प्रतिकेजी पाइने डिएपी ७० रुपैयाँभन्दा बढीमूल्यमा एग्रोभेट व्यवसायीहरुले बेच्ने गरेको किसानहरु बताउँछन्।
जिल्लाका प्रत्येक पालिकाले तोकेको कृषि सहकारीहरुले मल बेच्ने जिम्मा पाएको भए पनि उनीहरुले सेटिङमा व्यापारीलाई दिने गरेको छ।
एग्रोभेटका सञ्चालन महेन्द्र यादवले स्थानीय सहकारी र ब्लेकियाहरुसँग मल खरिद गरेको स्वीकारेका छन् । किसानले सहज रुपमा नपाउने मलमा व्यवसायीको भने सहज पहुँच रहँदै आएको छ ।
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_AfE4nkKT3O_jgkbamqtmnasveeteig9tzdyjrx3kebxr7sy9j516hi4nkzrjomrszeshkx5.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_IGEYFZntYK_nnktmzvesjaw44egoeenmqehn4jhnapjuibunciph3z3owiiogftiknolzps.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_rsc5Co83bt_6ijyd8gbfyboswdsfw80m4xhdeqvx2nv1zswbygcpieqmq59s2u82wsc5n1k.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_jzFABgQCZZ_rhvionjpkpfgcbulbdgteralcqktgjfcmclj4rjmohxuhubb3myjdcw1mowz.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_lJkfnSIeIq_esjulv5k96vhzzamvzomowlxlhawauifopuqsv8qkqe6tnt1exaruykefhlc.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_SBvbSrZGEn_hp9jrwrhqdxwz5624yyye10nf4akuw90lo7lafuwerr9xzopceooukvgzz94.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_vzimDlugHh_jvzaqqe8ja9cfslntpvqfmsqelbim9xsji8lcttu7qpw3muyfkji7mk234qf.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_XwUa6qwK50_oa2nxyz4tktpjjgv5revuiilq1dbx3llthiavkx1vxrwtenr3m7ppor5oyzp.jpg)
प्रतिक्रिया