एक्सपर्टको २० औ वार्षिक उत्सवमा रक्तदान कार्यक्रम : ७५ प्रिन्ट रगत सङ्कलन

इटहरी / एक्सपर्ट एजुकेसन भिजा सर्भिसको २० औ वार्षिक उत्सवको अवसर पारेर मङ्गलवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं ९ का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदानबाट ७५ प्रिन्ट रगत सङ्कलन भएको छ ।

उपमहानगर कार्यालय अगाडी भएको रक्तदान कार्यक्रममा लाइन्स इन्टरनेशनल 325C का प्रथम भाइस District Governer Lion बिकाश अधिकारी , नेपाल रेडक्रस उपशाखा इटहरीका अध्यक्ष दिनेश भट्टराई , Lions International 325C का Area को chief (लोकेन्द्र दाहाल,विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार लगायत अन्यको उपस्थिति रहेको थियो ।

कार्यक्रम एक्सपर्ट एजुकेसन भिजा सर्भिस शाखा कार्यालय इटहरीका सञ्चालक कमल तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित