१५७ किलो लागूऔषध गाँजासहित सात जना पक्राउ

बारा /  प्रहरीले १५७ किलो लागूऔषध गाँजासहित सात जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले आइतबार बेलुकी जितपुरसिमरा उपमहानरपालिका वडा नम्बर २२ अमलेखगजंस्थित जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

गाँजा ओसार पसारमा प्रयोग भएका तीन वटा सवारी र चार जना भारतीयसहित सात जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।बा ११ च ४९९२ नम्बरको स्कायिपोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ वर्षीय रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको पाइएको छ । स्कापियोमा ६ पोकामा १५७ केजी लागूऔषध गाँजासहित उनी पक्राउ परेका हुन् ।

यस्तै सो गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ९ का ३० वर्षीय मुकेश लामा, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२२ अमलेखगजंका ३३ वर्षीय बुद्ध पाख्रिन रहेका छन् । उनीहरू पनि पक्राउ परेका छन् ।

यसैगरी गाँजा लिन आएको बिआर ०५ जि ८६५६ नम्बरको भारतीय पिकअप एक र विआर ०५ एजेड ८९६१ नम्बरको भारतीय पल्सर मोटरसाइकलसहित चार जना भारतीय नागरिकसमेत पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा भारत मोतिहारीका २६ वर्षीय अलि अहमद भाट, २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार र ३५ वर्षीय जागिरदिन मियाँ रहेका छन् ।

पक्राउ परेका उपर आगूऔधष सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

बारा प्रहरीले पछिल्लो समय लागु औषधविरुद्ध सक्रियता बढाएको छ । जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्षमा मात्रै १ हजार ७ सय केजी गाँजा बरामद गरिएको  बोगटीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित