पिण्डेस्वर मन्दिरमा साधुको भेष धारण गरी लागुऔषध बेच्ने पक्राउ

धरान । सुनसरीको धरानस्थित पिन्डेश्वर मन्दिर बोलबम मेलामा नक्कली साधु बाबाको भेष धारण गरी लागुऔषध बिक्री गर्नेलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । धरान १५ श्याम चाैक बस्ने ३१ वर्षिया विशाल मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे धरान प्रहरी सँग सूचना माग्दा सुरुमा आनाकानी गरेको थियो । नशामा रहेका मोक्तानलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका विशालको साथबाट प्रहरीले टी टी सुई थुपिजेसिक ३२ थान सिरिन्ज ३ थान, नाक १ थान, कैचिँ १ थान बरामद गरेको छ । विशाल पटक पटक पक्राउ पदै जेल बस्दै गरेका प्रहरीले जनाएको छ । पक्राउ विशाललाई लागुऔषध  एेन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित