सल्यानमा विशेषज्ञ स्वास्थ्य सेवा दिँदै डा. गोविन्द केसी

सल्यान  / डा. गोविन्द केसी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न सल्यान आइपुगेका छन्। उनले शनिबारदेखि सल्यान जिल्ला अस्पतालमा सेवा दिन सुरु गरेका छन्।तीन दिन सल्यानमा रहेर हाडजोर्नी तथा नशा रोग सम्बन्धी बिरामीलाई सेवा प्रदान गर्ने उनले बताए। उनले भने, ‘दूरदराजको ग्रामीण बस्तीका बिरामीको उपचार गर्नु मेरो धर्म हो। यो धर्म न भौगोलिक विकटताले रोक्छ न त सरकारले नै।’नेपालका अधिकांश जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर नेपालीको स्वास्थ्य अवस्था बुझेका कारण गाउँघरमा रहेका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भनेर गाउँबस्तीमा पुग्दै आएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित