धरानकाे खानेपानीमा  भेटियाे दिसामा पाइने जीवाणु

फायल तस्विर
सुन्नुहोस्

सुनसरी  / धरान उपमहानगरपालिकामा वितरण भएको खाने पानी अयोग्य ठहरिएको छ । इटहरी स्थित जल गुणस्तर परीक्षण ल्याबमा गरिएको परीक्षण पश्चात् सो पानी पिउन अयोग्य ठहर गरेको हो । धरानवासीले पिउने पानीमा दिसामा पाइने जीवाणु काेलिफर्म भेटिएको परीक्षणको रिपोर्टले देखाएको छ । वराहक्षेत्रको काेकाहाबाट ल्याइएको पानीमा ५ प्रतिशत काेलिफर्म फेला परेको छ भने सर्दु खोलामा रहेको रिजर्भेसन ट्याङ्कीको नमुना परीक्षण गर्दा कोलिफर्मको मात्रा १० भेटिएको छ। धरानका मेयर हर्क साम्पाङले श्रम अभियान मार्फत काेकाहाबाट पानी ल्याएका थिए भने मेयर साम्पाङकै नेतृत्वमा सर्दुको पानी ल्याउने काम भएको थियो । 

यसैगरी, निसाने खोलाको निर्माण गरिदिएको पानी ट्यांकीमा कोलिफर्मको मात्रा २० भेटिएको छ। ब्रिटिस वेलफेयरको सहयोगमा मेयर साम्पाङको अभियान अन्तर्गत निसाने खोलाबाट पानी ल्याइएको थियो । धाराको पानी पिएर बिरामी भएका ‘स्पेक्ट्रम इन्जिनियर कन्सल्टेन्सी’का सञ्चालक सुमन श्रेष्ठले शङ्का लागेर विभिन्न स्रोत सहित गरी सात ठाउँको नमुना सङ्कलन गरेर साउन १५ मा खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा दिएका थिए । धरानवासीले पानी पिउँदै आएको पानी ट्याङ्की, धारा र स्रोत गरी ७ ठाँउकाे नमुना परीक्षण गर्दा हर्क साम्पाङले ल्याएको पानीमा मात्र काेलिफर्मकाे मात्रा भेटिएको हो ।

खानेपाननी बोर्डले बोर्डले जमिन मुनीबाट बोरिङ गरी ल्याएको पानीमा भने कुनै जीवाणु नभेटिएको परीक्षणको रिपोर्टले देखाएको छ । मानिस र जनावरको दिसापिसाबमा पाइने जीवाणुको समूह हो, कोलिफर्म। पानीमा कोलिफर्म भेटिए खान अयोग्य मानिन्छ। राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा प्रति १०० मिलिमिटर शून्य कोलोनी फर्मिङ युनिट (सीएफयु) हुनुपर्छ। 

अर्थात् पानीको कोलिफम हुनुहुँदैन। धरान खानेपानी व्यवस्थापन बोर्डले धरान उपमहानगरपालिका वडा नंं. १७ र ११ को सीमा क्षेमा पर्ने विष्णुचोकमा स्थापना गरेको पानी ट्याङ्कीमा दुई वटा स्रोतको पानी मिसाइएको छ। त्यसमध्ये एउटा स्रोत जमिनमुनिबाट बोरिङ गरेर निकालिएको पानीमा कोलिफर्म देखिएको छैन। ल्याबको परीक्षण रिपोर्टअनुसार, धरान-१३ को फुस्रोमा रहेको ट्याङ्कीको पानीमा  कोलिफर्मको मात्रा ३० युनिट छ। त्यस्तै, धरान-१४ को विजयपुरस्थित ट्याङ्कीबाट धरान-३ स्थित गौधारामा ल्याइएको पानीमा कोलिफर्मको मात्रा ३५ युनिट छ।

मेयर साम्पाङको नेतृत्वमा सञ्चालन गरिएका अधिकांश अभियानबाट ल्याइएको पानीको वैज्ञानिक परीक्षण गरिएको छैन। खोला, खोल्सीबाट सिधै पाइप जडान गरेर ल्याइएको पानी सुद्धिकरण नगरी ट्याङ्कीमा मिसाउने गरिएको छ।  यसरी ल्याएको पानी सोझै नगरवासीको भान्सा सम्म पुग्ने गरेको छ । धरानमा पपछिल्लाे समय देखिएको डेंगुकाे प्रकोप पनि यही खानेपानीकै कारण फैलिएको परिक्षण रिपोर्टले प्रस्ट देखाएको छ । 

प्रतिक्रिया

सम्बन्धित