राजश्व कार्यालय धरानले गर्‍यो डा. तपन सहित चार ल्याबलाई जरिवाना

सुन्नुहोस्

धरान: राजश्व कार्यालय धरानले बिल बिजक प्रयोग नगर्ने कानुनको धज्जी उडाउने अवैधानिक ल्याबलाई कारबाही गरेको छ । बुधवार डा. तपनको धरान औषधि पसल , गार्जियन डाईग्नोष्टिक सेन्टर , मोर्डन डाईग्नोष्टिक सेन्टर र नेशनल डाईग्नोष्टिक सेन्टर , सुनसरि पोलोक्लिनिक एन्ड डाईग्नोष्टिक सेन्टरमा अनुगमन गरी कारबाही गरेको राजश्व कार्यालय धरानले पूर्वेली न्युजलाई जानकारी दिएको छ ।

बिल नभएको कुरा अनुगमन टोलीले राजश्व कार्यालय धरान खबर गरेपछि कर ऐनको दफा ११९ अनुसार कारबाही गरेको राजश्व कार्यालय धरानका प्रमुख गोबिन्दराज आचार्यको भनाई छ । उनले के कति जरिवाना भन्ने हाल खुलाउन नमिल्ने कागज पत्र समेत जफत गरी थप अनुसन्धान भइरहेको बताए । स्रोतका अनुसार जरिवाना कसैलाई २० हजार कसैलाई कम प्रकृति हेरेर गरेको बुझिएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा र इलाका प्रहरी कार्यालय , नगर प्रहरी, इलाका प्रशासन र राजश्व कार्यालय साथै उद्योग वाणिज्य संघ र पत्रकारले संयुक्त रूपमा अनुगमन गर्दा यी ल्याबहरूले सञ्चालनको लागि अनुमति नलिएको पाइएको हो ।पान नम्बर अन्य कुराको समेत मापदण्ड पुरा नगरेको राजश्व कार्यालयको भनाई छ ।

जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य महाशाखाका फोकल पर्सन विजय शाहका अनुसार डा. तपनले आफूलाई निम्न वर्गलाई छुट दिनुपर्ने कुरा आफूलाई थाहा नभएकाले आफूले कहिल्यै नदिएको हास्यास्पद जवाफ दिनु सही नभएको बताए। डा. तपन जत्तिको मान्छेले छुटबारे थाहा छैन भन्नु अत्यधिक गम्भीर कुरा भएको लापरबाही गरेको बताए।

सो क्लिनिकले साधारण परीक्षण गर्ने भन्दै अनुगमन टोलीलाई भनेको थियो तर, अनुगमन टोली विश्वास नलागेर ल्याब सञ्चालन गरेको प्रयोगशाला प्रवेश गर्दा त्यहाँ निर्मलीकृतको लागि राखेका जटिल परीक्षणका हट एअर मेसिन फेला परेका हो। उनको ल्याब नाम बिना नै दर्ता बिना र ल्याबको परीक्षण नगरी अस्पताल भने चलाउँदै आएको ल्याब अनुगमन पछि अनुगमन टोली सोच्न बाध्य बनेको थियो भने अनुगमन स्थगित भएको हो।

डा. तपनले मेडिकल ल्याब र अस्पतालमा बिल बिजक कसैले आज सम्म नमागेको समेत बताउँदै कुनै पनि परीक्षणको बिल सेवाग्राहीलाई नदिएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित