धरानमा डा.तपनकाे ल्याब अवैधानिक , तत्काल गरियो सिल

सुन्नुहोस्

धरान / धरानमा डा .तपन तरफदारले सञ्चालन गरेको ल्याब अवैध ठहरिएको छ । सम्बन्धित निकायबाट कुनै अनुमति नै नलिई ल्याब सञ्चालन गरेको भेटिएपछि ल्याब सिल गरिएको छ । बुधवार धरान उपमहानगरको स्वास्थ्य महाशाखा सहितको टोलीले अनुगमन पश्चात् डा.तपनले सञ्चालन गर्दै आएको सो ल्याब सिल गरिएको हो । उनले वर्षैदेखि कुनै निकायबाट अनुमति नै नलिई ल्याब सञ्चालन गरिरहेकाे पाइएपछि तत्काललाई सिल गरिएकाे अनुगमनमा खटिएका स्वास्थ्य महाशाखाका फोकल पर्सन विजय शाहले बताए ।

यति मात्र नभई डा.तपनले अहिले सम्म कुनै सेवाग्राहीलाई औषधि बिक्री गरेबापतकाे बिल विजक नदिएको पनि भेटिएको छ । बिल नभएको कुरा अनुगमन टोलीले राजश्व कार्यालय धरान खबर गरेपछि कर ऐनको दफा १९ अनुसार कारबाही गरेको राजश्व कार्यालय धरानका प्रमुख गोविन्दराज आचार्यको भनाई छ ।

सो क्लिनिकले साधारण परीक्षण गर्ने भन्दै अनुगमन टोलीलाई भनेको थियो तर, अनुगमन टोली विश्वास नलागेर ल्याब सञ्चालन गरेको प्रयोगशाला प्रवेश गर्दा त्यहाँ निर्मलीकृतको लागि राखेका जटिल परीक्षणका हट एअर मेसिन फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित