नमुना कलेजकाे रक्तदानमा ७० प्रिन्ट भन्दा बढी रगत सङ्कलन

इटहरी । सुनसरीको इटहरीस्थित नमुना कलेजले बुधवार गरेको रक्तदान कार्यक्रमबाट ७० प्रिन्ट भन्दा बढी रगत सङ्कलन भएको छ । कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरू अन्तरगत रक्तदान कार्यक्रम गरेको हो । गर्मी मौसम सँगै अस्पतालहरूमा देखिएको रगत अभावलाई केही कम गर्न कलेजले सहयोग स्वरूप सामाजिक उत्तरदायित्व भूमिका निर्वाह गरेको जनाएको छ ।
उक्त कार्यक्रममा कलेजकै बिद्यार्थिहरूले स्वतफुर्त रूपमा सहभागी जनाएर रक्तदान गरेका थिए । कार्यक्रम कलेजकै प्राङ्गणमा सम्पन्न भएको थियो । रक्तदान जीवन दान भन्ने नाराका साथ कलेजले बुधवार सानो कार्यक्रम गरेको नमुना कलेज अन्तर्गत सामाजिक सङ्घ विभागीय प्रमुख नितेस गौतमले बताए । उक्त रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी धरान शाखाले सहजीकरण गरेको थियो ।

क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

नमुना कलेजद्वारा शिक्षक शिक्षिकाहरूलाई अनुसन्धानमूलक लेख लेखन सम्बन्धी २ दिने …
क्याम्ब्रिजले ‘क्याम्ब्रिज स्कलरसिप डे’काे अायाेजना गर्ने
मोफसलमै पहिलो पल्ट इटहरी इन्टरनेशनल कलेजमा आइ आइ सी इनाेभेक्स हुने

भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने

एन प्याव्सन इटहरीको विविध कार्यक्रम

सरकार र आन्दोलनरत शिक्षकबीच के भयो सहमति? सहमति पत्र सहित

प्रतिक्रिया