सहकारीको अनुगमन गर्दै इटहरी उपमहानगरपालिका

इटहरी / अनियमितता गर्ने सहकारीको संख्या बढिरहेको हल्ला आएपछि इटहरी उपमहानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको अनुगमन गरिरहेको छ । नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता नगरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखेर उपमहानगरपालिकाले अनुगमन तीव्र बनाएको हो ।

नागरिकलाई ठगी गर्ने सहकारीको संख्या धेरै रहेको उजुरी आएकाले अनुगमन गर्न लागिएको इटहरी उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले जानकारी दिए । इटहरी भरका सहकारीहरुमा अनुगमन गर्दै गलत गर्नेहरुलाइ अनुगमन गरी आवश्यकताअनरूप निर्देशन दिइने प्रमुख पोखरेलले बताए ।

अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरे सहकारी ऐनअनुरूप कारबाहीको प्रक्रिया अघि बढाउने कामपाको तयारी छ । अनुगमनमा सहकारी समिति का सदस्य तथा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल,नगर सहकारी समितिका सदस्य तथा जिल्ला कृषि सहकारी संघ सुनसरीका अध्यक्ष भोलाकाजी वस्नेत, कार्यपालिका सदस्य भिमा तुम्वाहाम्फे लगायको उपस्थितमा अनुगमन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित