धरानको सेउटी खेलामा गोली हानी हत्या गरिएका चौधरीको हत्या आरोपमा दुई जना पक्राउ

माेरङ । विराटनगरका रोहित चौधरी हत्याकाण्डमा सुनसरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न ३ जनामध्ये २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए  ।

पक्राउ परेकाहरुको पहिचान गोप्य राखिएको छ । आज प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गर्ने प्रहरीले बताएकाे छ । पक्राउ परेका ब्यक्तिको साथबाट हतियारसमेत बरामद भएको उनले जानकारी दिए । 

साउन ५ गते जन्मदिन मनाउने क्रममा विराटनगरबाट भेडेटार, मुलघाट हुदै विराटनगर घर फर्कने क्रममा २८ वर्षीय चौधरीलाई धरानको सेउती खोला पुल नजिक गोली प्रहार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित