संखुवासभाबाट हेलिकप्टरमार्फत उद्धार गरिएका शिशुको उपचारका क्रममा मृत्यु

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीबाट ​उद्धार गरिएका नवताज शिशुको उपचारका क्रममा मृत्यु भएको छ। सोमवार सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत ​उद्धार गरिएको थियो। नवजात शिशुलाई मुटु र फोक्सोमा समस्या भएपछि पाँचखपन नगरपालिका–७ जलजलाकी २६ वर्षीया गीता थापालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। नवजात शिशुको उपचारका क्रममा सोमबार साँझ कान्ति बाल अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

बच्चा र सुत्केरी आमाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सोमबार दिउँसो कान्ति बाल अस्पताल लगिएको थियो। जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियाबाट सुत्केरी गराइएपछि नवजात शिशुलाई अक्सिजनको कमी भएको मेडिकल अधिकृत प्रदीप सिलवालले जानकारी दिए।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमै बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित